शेयर कारोबार खुला

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले लगानीकर्ताहरुको अन्यौलका बाबजुद पनि आइतवार शेयर कारोबार खोलेको छ ।

सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम  नियन्त्रण तथा पूर्व सावधानी अपनाउन आइतवारबाट अत्यावश्यक सेवा बाहेकका अन्यसेवाहरु बन्द गर्ने निर्णय गरेपछि शेयर कारोबार पनि प्रभावित हुने आकलन गरिएको थियो ।

तर स्वयं नेप्सेले पनि यसबारेमा कुनै ठोस निर्णय दिन नसक्दा नेप्सेको स्वचालित प्रविधि अनुरुप नियमित कारोबार शुरु भएको बताइएको छ ।

यसअघि आइतवार नै विभिन्न पाँच ओटा लगानीकर्ता सम्वद्ध संघसंगठनहरुले शेयर कारोबार रोक्नुपर्ने भन्दै स्वयं नेप्सेका पदाधिकारी तथा शेयर लगानीकर्ताहरुको ध्यानाकर्षण गराएका थिए ।

२०७६ चैत्र ९ गते ११:५० मा प्रकाशित

You can share this post!

कोरोना भाइरस पहिचान गर्ने नयाँ विधि पत्ता लाग्यो, अब ४५ मिनेटमै थाहा हुने !

श्रीमतीलाई झुक्याएर डेटिङ जाने व्यक्तिमा कोरोनाको संक्रमण भएपछि...

Related posts