शेयर बजार अपडेट : दोस्रो घण्टामा २.३६ अंकले नेम्से, एनएमबि बैंकको सर्वाधिक कारोबार

काठमाडौं । आइतवार नेप्से कारोबार भएको दोस्रो घण्टामा २ दशमलव ३६ अंकले घटेको छ । १ हजार २६९ दशमलव शून्य ८ विन्दुबाट शुरु भएको परिसूचक कारोबारको दोस्रो घण्टामा शून्य दशमलव १९ प्रतिशत घटेर १ हजार २६७ दशमलव २९ विन्दुमा पुगेको छ ।

यस अवधिसम्म ८ ओटा समूहको परिसूचक मात्र कारोबारमा आएको छ । जसमध्ये जलविद्युत, वित्त र अन्य समूहको परिसूचक बढेको छ भने बैंकिङ, विकास बैंक, निर्जीवन बीमा, लघुवित्त र जीवन बीमा समूहको परिसूचक घटेको छ ।

आइतवार दोस्रो घण्टाको कारोबारमा ३३ ओटा कम्पनीको रू. ४२ लाख ३२ हजार बराबरको शेयर कारोबार भएको छ । यस अवधिमा एनएमबि बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त बैंकको रू. १२ लाख ६ हजार बराबरको शेयर कारोबार भएको छ ।

सो समयमा बैंकको शेयर मूल्य रू. ३९० मा किनबेच भइरहेको छ ।

२०७६ चैत्र ९ गते १३:०३ मा प्रकाशित

You can share this post!

धमाधम नतिजा प्रकाशन गर्दै लोकसेवा आयोग, को–को भए उत्तीर्ण ? (नामावलीसहित)

धमाधम नतिजा प्रकाशन गर्दै लोकसेवा आयोग, को–को भए उत्तीर्ण ? (नामावलीसहित)

Related posts