हाँस्य टेलिसिरियल ‘सक्किगोनि’को प्रसारण पनि स्थगित, ‘जिग्रीले लेखे यस्तो स्टाटस्’

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण चर्चित हास्य टेलिसिरियल ’सक्किगोनि’को प्रसारण स्थगित भएको छ ।

हास्य टेलिसिरियल सक्किगोनिका निर्देशक कुमार कटेल जिग्रीले सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै सक्किगोनिुको प्रसारण स्थगित भएको जानकारी गराएका हुन् । उनले लेखेका छन् ( ’बिश्वब्यापी कोरोना भाईरस(Covid-19)को संक्रमणलाई रोक्न सरकारले आह्वान गरेको“लक डाउन“को अनुरोधलाई आत्मसाथ गर्दै अर्को सुचना नआएसम्म हाम्रा नियमित कार्यक्रमहरु हाल लाई स्थगित गर्ने र आफू “सेल्फ क्यारेन्टाईन“ मा बस्ने निर्णय गरेका छौ ।

यसले गर्दा नियमित रुपमा प्रशारण भइरहेको हास्य टेलिफिल्म “सक्किगोनी“केही समय स्थगित हुने कुराको जानकारी गराउदछौ । यसबाट आदरणीय दर्शकहरुमा पर्न जाने असुबिधाप्रती क्षमाप्रार्थी छौ ।

आजको समयमा स्वास्थ नै हाम्रो प्रमुख प्राथमिकतामा रहेको हुँदा हाम्रा सम्पुर्ण आदरणीय दर्शकहरुलाई सुरक्षीत र सजग रहि धैर्यवान रहनुहुन अनुरोध गर्दै सु–स्वास्थ्यको कामना गर्दछौं ।परिस्थिति सामान्य हुनासाथ हामी पुनः नियमित भागहरु लिएर आउनेछौ। धन्यवाद’

२०७६ चैत्र ९ गते १४:०० मा प्रकाशित

You can share this post!

राजधानीका सपिङ मल बन्द

राजधानीका सपिङ मल बन्द

Related posts