शेयर बजार : तेस्रो घण्टामा ३.५२ अंकले बढ्यो नेप्से, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । आइतवार नेप्से कारोबार भएको तेस्रो घण्टामा ३ दशमलव ५२ अंकले बढेको छ । कारोबार शुरु भएको पहिलो र दोस्रो घण्टमा घटेको नेप्से कारोबारको तेस्रो घण्टामा शून्य दशमलव २८ प्रतिशत बढेर १ हजार २७३ दशमलव १७ विन्दुमा पुगेको छ ।

यस अवधिसम्म १० ओटा समूहको परिसूचक कारोबारमा आएको छ । जसमध्ये होटल्स र विकास बैंक समूहको परिसूचक घटेको छ भने बाँकी ८ समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो ।  तेस्रो घण्टाको कारोबारमा ५३ ओटा कम्पनीको रू. ८० लाख ८७ हजार बराबरको शेयर कारोबार भएको छ ।

यस अवधिमा एनएमबि बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त बैंकको रू. २० लाख ३० हजार बराबरको शेयर कारोबार भएको छ । सो समयमा बैंकको शेयर मूल्य रू. ३८६ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा दोस्रोमा मुक्तिनाथ विकास बैंकको रू. ८ लाख २ हजार बराबरको शेयर कारोबार भएको छ । सो समयमा बैंकको शेयर मूल्य रू. ३०० रहेको छ ।

२०७६ चैत्र ९ गते १४:०८ मा प्रकाशित

You can share this post!

माच्छापुच्छ्रे बैंक र प्रहरीको सहकार्यमा काठमाडौंको विभिन्न स्थानमा हात धुने व्यवस्था

माच्छापुच्छ्रे बैंक र प्रहरीको सहकार्यमा काठमाडौंको विभिन्न स्थानमा हात धुने व्यवस्था

Related posts