काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को त्रासले सेयर बजार निरन्तर ओरालो लाग्दै आएको छ। आइतवार पुँजी बजार मापक नेप्से १८.२० अंकले घटेको छ ।
नेप्से घटेर १२५१.४५ अंकमा आइपुगेको छ । आज १९ करोड ४६ लाख ४२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । ११ समूहमध्ये ८ समूहको सूचक ओरालो र ३ समूहको सूचक उकालो लाग्न पुगेको छ । आज, होटल, निर्जीवन र अन्य समूहको मात्र सूचक बढेको छ । बाँकी समूहको घटेको छ ।
सबैभन्दा बढी जीवन बिमा कम्पनी समूह सूचक १०३.९८ अंकले ओरालो लाग्न पुग्यो। यसैगरी, लघुवित्त समूहको सूचक १७.९४, बैंकिङ समूहको सूचक २७.१३ अंकले घट्न पुग्यो।
कारोबार रकममा भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रह्यो । उक्त इन्स्योरेन्सको २ करोड ८१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी, दोस्रो र तेस्रो बढी कारोबार हुनेमा क्रमशः एनएमबी बैंक र हिमालयन डिष्टिलरी छन् ।
एनएमबी बैंकको १ करोड ९६ लाख र हिमालयन डिष्टिलरीको १ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
वि.सं.२०७६ चैत ९ आइतवार १६:१३ मा प्रकाशित