back
NMB ad

बढी भाडा लिने २० जना कारवाहीमा

Kumari bank ad

काठमाडौँ । मौकाको फाइदा उठाई बढी भाडा लिएर टिकट बेच्ने २० जनालाई प्रहरीले आज कारवाही गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले यात्रु बनेर जाँदा बढी भाडा लिएको पाइएपछि आज उनीहरुलाई कारवाही गरिएको बताउनुभयो । तीनदिनमा ४६ जनालाई यसरी कारवाही गरिसकिएको छ ।

यसअघि शनिबार १७ जनालाई र शुक्रबार नौ जनालाई कारवाही गरिएको थियो । ट्राफिक प्रहरीको हटलाईन १०३ मा आएको गुनासोका आधारमा प्रहरी यात्रु बनेर जाँदा यसरी बढी भाडा लिएको पाइएको हो । उनीहरुलाई नयाँ बसपार्क, कोटेश्वर, बल्खु, चाबहिल र गौशालाबाट पक्राउ गरिएको हो ।

उनीहरुले एउटै टिकट दुई जनालाई बेच्ने गरेकोसमेत पाइएकोे छ । कतिपयलाई बढी भाडा नतिरे नलैजाने गरेको पाइएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले आफैँ यात्रु बनेर निगरानी गर्ने, हिँड्न लागेको गाडीका यात्रुसँग जानकारी लिने र यात्रु बस्ने लाममा बसी टिकट मागेर श्रव्यदृष्य रेकर्ड गरी कानूनको दायरामा ल्याउने गरेको छ ।

वि.सं.२०७६ चैत ९ आइतवार १८:५४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...