back
NMB ad

‘वीरगञ्जका एक व्यापारीलाई कोरोना पुष्टि भइसकेको छैन’

Kumari bank ad

काठमाडौं । वीरगञ्जका एक व्यापारीलाई कोरोना पुष्टि नभएको परिवारले जनाएको छ। कतिपय सञ्चार माध्यमले एक दाना व्यवसायीलाई कोरोना भएको समाचार दिए पनि उनका भाइले कोरोना पुष्टि हुन बाँकी रहेका जानकारी दिए।

व्यापारीलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अहिले भारतको पटनास्थित पटना मेडिकल कलेज एण्ड हस्पिटलमा भर्ना गरिएको छ । ’दाइको स्वाब टेस्टका लागि पुने पठाइएको छ’, उनका भाइले भने, ’भोलि रिपोर्ट आएपछि मात्र थाहा हुन्छ ।’

आशंका गरिएका व्यवसायीलाई वीरगञ्जकै गण्डक अस्पतालले पटना रिफर गरेको थियो। ’पटनामा जाँच गर्दा चिकित्सकहरुले कोरोनाको आशंका गरेका छन् भनेर दाइले मलाई दिउँसो फोनमा भन्नुभयो’, भाइले भने, ’थप परीक्षण हुदैँछ। अहिले पुष्टि भएको छैन।’

उनले दाइको स्वास्थ्य सुधारउन्मुख रहेको बताए। ’हामी पनि यहाँ त्यस्तो खबर सुनेपछि सतर्क भएर बसेका छौँ।’ उनले दाइ केही समयअघि भारतको कलकत्ता पुगेर फर्किएको जानकारी दिए। ’२० दिन अघिजति कोलकोत्ता पुगेर आउनु भएको थियो’, उनले भने, ’पाँच दिन भयो दाइ बिरामी पर्नु भएको।’

वि.सं.२०७६ चैत ९ आइतवार २०:१७ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...