back
NMB ad

शेयर बजार पाँच दिन बन्द गर्ने निर्णय, कारोबार अर्को साता खुल्ने

Kumari bank ad

काठमाडौं । धितोपत्र बजार ५ दिनका लागि बन्द हुने भएको छ । नेपाल धितोपत्र बोर्डले आफ्नो अधिकार प्रयोग गरी सोमबारदेखि ५ कारोबार दिनका लागि बजार बन्द गर्ने निर्णय गरेको हो ।

धितोपत्र बजार बन्द हुने भएपछि सेयर बजार कारोबार नेप्से पनि आउने आइतबारसम्म बन्द हुनेछ । र, अर्को सूचना जारी नभए सोमबारबाट कारोबार स्वतः खुल्नेछ ।

कोरोना भाइरसको जोखिमको त्रासले गर्दा लगानीकर्ता तथा सदस्य दलालको धितोपत्र कारोबारमा सहभागिता घटदो क्रममा रहेको छ । यही अवस्था अध्ययन गरी बोर्डले जोखिम न्यूनीकरण गरी लगानीकर्ता, सदस्य दलाल, कर्मचारी आदिको स्वास्थ्यलाई उच्च प्राथमिकता दिई दोस्रो बजारमा हुने नयाँ कारोबार केही समयका लागि बन्द गर्न आवश्यक देखिएको बताएको छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ मा बोर्डलाई ५ दिन बजार बन्द सक्ने विशेष अधिकार छ । सोही अधिकार प्रयोग गरी बोर्डले बजार (नेप्से) सँग परामर्श गरी धितोपत्र बजार बन्द गरेको हो । बोर्डको सञ्चालक समितिको बैठकले नेपाल स्टक एक्सचेन्जलाई ५ दिन बजार बन्द गर्न आदेश दिएको हो ।

वि.सं.२०७६ चैत ९ आइतवार २०:४७ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...