१४० वर्षयताकै ठूलो भूकम्प, १६ घाइते

एजेन्सी । क्रोएशियामा आइतबार भूकम्प जाँदा १६ जना घाइते भएका छन्। ५.३ म्याग्निच्युडको भूकम्पले राजधानी जाग्रेभका चर्चलगायतका भौतिक संरचनामा क्षति पुगेको छ ।

स्थानीय समयअनुसार बिहान ६ बजे आएको भूकम्पपछि स्थानीय बासिन्दाहरु सडक तथा खुला स्थानतर्फ भागेका थिए। भूकम्प जाग्रेभमा १४० वर्षयताकै ठूलो भएको बताइएको छ ।

रक्षामन्त्री डेभोर बोजिनोभिकले कोरोना भाइरसको संक्रमण भइरहेका बेला एकैठाउँमा भेला नहुन आग्रह गरेका छन्। क्षतिग्रस्त स्थलको प्रधानमन्त्री एन्ड्रेज प्लेनकोभिकले निरीक्षण गरेका छन् । भूकम्पको धक्का दक्षिण अस्ट्रिया र स्लोभेनियासम्म महसुस गरिएको थियो ।

२०७६ चैत्र १० गते ०९:०७ मा प्रकाशित

You can share this post!

यस्ता छन मन्त्रिपरिषदका निर्णयहरु

यस्ता छन मन्त्रिपरिषदका निर्णयहरु

Related posts