back
NMB ad

विशेष पासको व्यवस्था गरेर बैंक खुलाउने तयारी

Kumari bank ad

काठमाडौं । अत्यावश्यक सेवा उपलब्ध गराउने प्रत्याभूतिसहित सरकारले मंगलबारदेखि १ हप्ता लकडाउन गर्ने निर्णय गरेको छ । तर सरकारको अत्यावश्यक सेवाको सूचीमा बैंकिंङ सेवालाई समावेश गरिएको भने छैन ।

नेपाल राजपत्रमा पछिल्लोपटक प्रकाशित सूचनामा अत्यावश्यक सेवाको सूचीमा परे पनि पछिल्लो निर्णयमा यो अत्यावश्यक सेवाको सूचीमा नपरेपछि भोलि बैंक खुल्छ कि खुल्दैन भन्ने अन्यौलता सिर्जना भएको छ ।

बचत गर्ने माध्यमको रुपमा रहेको बैंक नै अत्यावश्यक सेवाको सूचीमा नपरेपछि लकडाउनको समयमा दैनिक आवश्यकता पूरा कसरी गर्ने भन्नेमा नागरिकहरु चिन्तित भएका छन् ।

तर नेपाल राष्ट्र बैंकले बैंकिङ सेवा पूर्ण रुपमा बन्द नहुने जनाएको छ । राष्ट्र बैंकका कायम मुकायम गभर्नर चिन्तामणि शिवाकोटीले प्रशासनबाट विशेष पास लिएर निश्चित शाखाका क्यास काउन्टरहरु सञ्चालन गर्ने व्यवस्था मिलाउन लागेको जानकारी दिए ।

‘लकडाउनको समयमा सबै शाखाहरु नखुल्न सक्छन्, तर अत्यावश्यक सेवाको रुपमा रहेको बैंकिङ सेवा पूर्ण रुपमा बन्द पनि हुँदैन ।हामी जिल्ला प्रशासन कार्यालयसँग भोलि बस्छौं, कुनै मोडालिटीबाट बैंकका शाखाहरु खुलाउन पहल गर्छौं’ कायम मुकायम गभर्नर शिवाकोटीले भने ।यद्यपि यसबारे गृह मन्त्रालय वा जिल्ला प्रशासनको निर्णय नै अन्तिम हुने संकेत राष्ट्र बैंकले गरेको छ ।

मंगलबार घोडेजात्रा भएका कारण उपत्यका बिदा छ । त्यसैले सदाझैं काठमाडौं उपत्यकामा बैंकका शाखा खुल्दैनन् । मंगलबार गृह मन्त्रालय र जिल्ला प्रशासनसँग बुधबारदेखि बैठक गरेर बैंकहरुलाई आवश्यक सर्कुलर गर्ने राष्ट्र बैंकको तयारी छ ।

वि.सं.२०७६ चैत ११ मंगलवार ०६:५९ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...