back
NMB ad

कोरोना रोकथाम कोषमा राष्ट्रिय सहकारी बैंकको ११ लाख सहयोग

Kumari bank ad

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा राष्ट्रिय सहकारी बैंक लिमिटेडले ११ लाख ११ हजार १ सय ११ रुपैया सहयोग गर्ने घोषणा गरेको छ ।

बैंकका सञ्चालक तथा लेखा समितिको वैठक भत्ता, कर्मचारीहरुको एक दिन बराबरको तलव सहित समावेश गरी सरकारले सञ्चालन गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा उक्त रकम सहयोग गरिएको बैंकका अध्यक्ष केवी उप्रेतीले बताएका छन् ।

कोरोना नियन्त्रणका लागि आवश्यक सुरक्षा सामग्री, पीपीई, स्वास्थ्य उपकरण, नमुना परीक्षण किट र क्वारेन्टाइन लगायत अत्यावश्क सामग्री र स्वास्थ्य व्यवस्थापका लागि सहयोग गर्न बैंकले देशभरका सहकारी संघ संस्थाहरुलाई समेत अपिल गरेको छ । ‘बैंकका देशभर रहेका ४४ वटा शाखामार्फत रकम जम्मा गर्न अपिल गर्दै बैंकले उक्त रकम नेपाल सरकारले घोषणा गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा उपलब्ध गराउने छ,’ अध्यक्ष उप्रेतीले भने ।

बैंकका तर्फबाट अध्यक्ष के.बी. उप्रेतीले सोमबार एक अपिल प्रकाशन गरी कोरोना संक्रमण विरुद्ध सहकारी बैंकको प्रयास, संकटको समयमा सहकारी बैंकको सेवा र बैंकका तर्फबाट देशभरका सहकारी संघ संस्था तथा आम जनसमुदायमा सचेतनाका लागि अनुरोध गरेका छन् ।

कोरोना संक्रमण विरुद्ध बैंकले प्रदेश स्तरमा सहकारी संघ संस्थाहरु मार्फत क्वारेन्टाइन बनाउने कार्यक्रममा सहकार्य गर्ने अध्यक्ष उप्रेतीले बताए । सहकारी बैंकका सदस्यहरुलाई कोरोना प्रभावका कारण तरलता अभाव भएमा तरलता व्यवस्थापनका लागि अल्पकालिन ऋण (कोरोना तरलता) को व्यवस्था गर्ने उप्रेतीले बताए । सदस्य सहकारीहरुलाई आवश्यक पर्ने नगदको आवश्यक व्यवस्था गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बताए ।

बैंकले सहकारी र आम समुदायका लागि अनावश्यक नगद वा जिन्सी सञ्चिती नगर्न, विद्युतीय माध्यम वा आइपीएसबाट हुने कारोबारलाई प्राथमिकता दिन आग्रह गरेको छ ।

सरसफाईमा उचित ध्यान दिन, अति आवश्यक बाहेक घर बाहिर ननिस्कन, भीडभाडदेखि टाढा रहन, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन लगायतका आधिकारीक संस्थाबाट जारी गरिएको सूचनामा भर पर्न तथा हल्ला अनाधिकृत समाचार र अफवाहरुबाट भ्रमित र प्रभावित नहुन, चिकिस्तक, विज्ञ तथा प्राविधिकहरुको सल्लाह पालना गर्न, धैर्य हुन, संयमता अपनाउन, सावधान रहन र आतंकित नहुन आव्हान गरेको छ ।

वि.सं.२०७६ चैत ११ मंगलवार ०९:०६ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...