back
NMB ad

कोरोना संक्रमणको त्रास : घर-घरमै पुगेर भत्ता वितरण

Kumari bank ad

नवलपुर । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्राससँग स्थानीय तहले घरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । नवलपुरको गैँडाकोट नगरपालिका–१ ले वडाबासीको घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता दिन शुरु गरेको हो ।

बैंक तथा वित्तीय संस्थामार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दा बढी भीडभाड हुने र कोरोना भाइरसको संक्रमण हुने त्रासले घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्याइएको वडाध्यक्ष हरिप्रसाद सापकोटाले बताउनुभयो ।

विश्वभर फैलिएको कोरोना भाइरस ज्येष्ठ नागरिकमा चाँडो संक्रमण हुने तथ्य बाहिरिएकाले बैंकमार्फत वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता विभिन्न टोल विकास संस्थाका अध्यक्ष तथा जनप्रतिनिधिमार्फत घरमा पुगेर वितरण गरिएको सापकोटाको भनाइ छ ।

वडा कार्यालयले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिलासहित एक सय जनालाई घरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको वडा सचिव पदमप्रसाद अधिकारीले जानकारी दिनुभयो । सेवाग्राहीको घरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरणको कामलाई निरन्ततरता दिइने उहाँले बताउनुभयो ।

वि.सं.२०७६ चैत ११ मंगलवार १२:०४ मा प्रकाशित

You can share this post!

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:३४

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...