मास्क अब ५ रुपैयाँमै पाइने !

काठमाडौं । व्यवसायी दीपक मल्होत्राले दैनिक ७० हजार मास्क उत्पादन सुरु गरेका छन । नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा मल्होत्राले ठूलो मात्रामा मास्क उत्पादन सुरु गरेका हुन ।

कोरोना भाइरस (कोभिड–१९) फैलिनसक्ने त्रासका बीच मास्क अभाव भएका बेला सोमबारदेखि उनले दैनिक ७० हजार सर्जिकल मास्क उत्पादन गर्न सुरु गरेका छन् ।

केही दिनमा उनले उत्पादन गरेका मास्क बजारमा आउँदैछन्। आफूहरुले मास्क उत्पादन सुरु गरेपछि बजारमा मास्कमा भैरहेको कालोबजारी पनि अन्त्य हुने उनको दाबी छ । उक्त मास्कको मूल्य ५ रुपैयाँ पर्ने बताइएको छ ।

२०७६ चैत्र १२ गते ०६:५७ मा प्रकाशित

You can share this post!

अत्यावश्यक वस्तुको पसल नियमित सञ्चालन गर्न सरकारको निर्देशन

अत्यावश्यक वस्तुको पसल नियमित सञ्चालन गर्न सरकारको निर्देशन

Related posts