चैत्र २३ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक चैत २३ गते सम्मका लागि स्थगित गरिएको छ । यसअघि चैत ६ गते बस्ने भनिएको बैठक १३ गतेका लागि स्थगित भएको थियो ।

कोभिड-१९ को सम्भावित संक्रमणलाई ध्यानमा राख्दै बैठक स्थगित हुँदै आएको हो । अर्कोतिर सरकारले मंगलबारदेखि लागू हुने गरी एक सातालाई ‘लकडाउन’ सुरु गरेको छ ।

‘प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले अर्को बैठक मिति २०७६ चैत २३ गते आइतबार दिनको १ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, संघीय संसदका कार्यवाहक महासचिव गोपालनाथ योगीद्वारा जारी सूचनामा भनिएको छ।

२०७६ चैत्र १२ गते ११:२० मा प्रकाशित

You can share this post!

रसियामा शक्तिशाली भूकम्प !

रसियामा शक्तिशाली भूकम्प !

Related posts