back
NMB ad

‘लकडाउन’को अवधि थप दुई हप्ता लम्बियो !

Kumari bank ad

काठमाडौं । मलेसियामा लकडाउनको अवधि दुई हप्ता थपिएको छ । त्यहाँको सरकारले अप्रिल १४ गतेसम्म ‘लकडाउन’ थपेको हो । यसअघि मार्च ३१ गतेसम्म गर्ने भनेको लकडाउन कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि अप्रिल १४ गतेसम्म थपिएको हो ।

मलेसियाका प्रधानमन्त्री तनश्री मुहिद्धिन यसिनले राष्ट्रिय सुरक्षा परिषद र स्वास्थ्य मन्त्रालयसँगको ब्रिफिङपछि आफूले यस्तो निर्णय लिएको बताउनुभएको छ ।

प्रधानमन्त्री यसिनले त्यहाँका नागरिकलाई यो लामो समय घरमै बस्न मानसिक र शारीरिक हिसाबले तयार रहन पनि आग्रह गर्नुभएको छ । मलेसियामा पछिल्लो समय संक्रमितको सङ्ख्या बढ्दै गएको छ ।

हिजो एकै दिनमा मात्र एकसय ७२ नयाँ व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । अहिले मलेसियामा १६ सय २४ जनामा कोरोना संक्रमण भइसकेको छ भने कोरोनाकै कारण १६ जनाले ज्यान गुमाइसकेका छन् ।

वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका नेपालीलाई केही समस्या भएमा ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्न त्यहाँ रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।

वि.सं.२०७६ चैत १२ बुधवार १३:१५ मा प्रकाशित

You can share this post!

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं....