back
NMB ad

साउदीमा आजै दिउँसो ३ बजेदेखि कर्फ्यु !

Kumari bank ad

काठमाडौँ । साउदी अरबले कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई फैलिन नदिनका लागि प्रमुख प्रशासकीय सहरहरुमा लकडाउन गरेको छ ।

बिहीबार दिउँसो ३ बजेदेखि अर्को आदेश नभएसम्मका लागि भने कर्फ्युको आदेश जारी गरिएको छ । साउदी अरबको राजधानी रियाद, मक्का र मदिनामा लकडाउन गरिएको हो । यी सहरमा आवातजावतमा पूर्ण रुपमा रोक लगाइएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । साउदी अरबमा झन्डै ३ लाख ५० हजार नेपाली कामदार छन् ।

रियादस्थित नेपाली दूतावासले कोरोना भाइरस नियन्त्रणमा चालेको कदमलाई पालना गर्न नेपाली समुदायलाई आग्रह गरेको छ । कर्फ्यु उल्लंघन गर्नेलाई १० रियाल जरिवना र २० दिनको जेलसम्म सजाय हुने दूतावासले जनाएको छ ।

साउदी अरबमा एकैदिन कोरोना भाइरसबाट २ सय ५ जना संक्रमित भएको पुष्टि भएपछि साउदीले प्रमुख सहरमा लकडाउन र कर्फ्युको आदेश जारी गरिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. अल अब्देलआलीका अनुसार भाइरसबाट संक्रमितको संख्या ७ सय ६७ पुगेको छ । जुन खाडी क्षेत्रमा सबैभन्दा बढी साउदीमै देखिएको हो ।

साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले हालसम्म भाइरसबाट नेपाली कामदार संक्रमित नभएको बताए । उनले साउदी सरकारले सुरक्षाका लागि जारी गरिएको मापदण्डलाई कडाईका साथ पालना गर्न आग्रह गरेका छन् ।

साउदीमा डिउटी रोकिएको छैन

६ वर्षदेखि साउदी अरबको जेद्दास्थित बहरा केवुल कम्पनीमा कार्यरत काभ्रेका देवीराम काफ्लेको डिउटी रोकिएको छैन । त्यो कम्पनीमा झन्डै ४ हजार कामदार छन् । साउदी अरबमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दिनहुँ बढिरहे पनि कामदारको डिउटी चलिरहेको छ ।

‘हामी बसेको नजिकै सहरमा कोरोना भाइरसबाट संक्रमित देखिएको छ । तर हाम्रोतिर देखिएको छैन । यसको त्रास त फैलिएको छ’, उनले भने,‘कम्पनीले एकजना कामदार कोरोनाबाट संक्रमित नहोस् भनेर निकै सजगता अपनाएको छ ।’

उनी बस्ने भिल्लामा झन्डै ४५ जना कामदार राखिएको छ । ‘डिउटी जाने र आउने बेला ज्वारोको मापन गरिएको छ । बस्ने कोठाहरुमा औषधि छरिएको छ । माक्स, ग्लोवको बन्दोवस्त मिलाएको छ’, उनले भने,‘कम्पनीमा कार्यरत एक जनालाई देखिएमा पुरै कम्पनी नै धरापमा पर्छ । त्यही भएर कम्पनीले एकदमै सुरक्षामा ध्यान दिएको देखिएको छ ।’

साउदीको अलकसिम क्षेत्रमा कार्यरत विशाल श्रेष्ठले कम्पनीले हरेक कामदारलाई ‘किट ब्याग’को ब्यवस्था गरेको बताए । ‘हाम्रो काम फिल्डमा जानुपर्ने हो । खाद्यान्य सामान सप्लाई गर्ने भएकोले अहिलेको अवस्थामा झन बढी जिम्मेवारी छ’, उनले कान्तिपुरलाई भने,‘फिल्डमा जानुपर्दा हरेक कामदारले किट ब्याग बोकेकै हुनुपर्छ । किट ब्यागमा एक पकेट माक्स, हातमा लगाउने ग्लोवहरु, सावुन र स्यानीटाइजर हुन्छ ।’

कम्पनीले फिल्डमा कार्यरत कामदारलाई कोरोना भाइरस संक्रमणबाट जोगाउन सुरक्षित रहने उपायहरु दिइरहेको छ । ‘अन्य कम्पनीले कसरी व्यवस्था गरेको छ । थाहा छैन । तर, हाम्रो कम्पनीले सुरक्षा अधिकृतलाई क्याम्प र साइडमा खटाएको छ ।

उनीहरुलाई यसबारे प्रत्येक कामदारलाई जानकारी दिनुपर्ने व्यवस्था मिलाएको छ’, साउदीको दमाम क्षेत्रमा कार्यरत तेजबहादुर थापाले भने,‘कतिफ क्षेत्रमा कार्यरत कामदारलाई भने बिदा दिइएको छ । उनीहरुलाई तलब काटिने छैन । कम्पनीले कोभिड–१९ विरामी बिदा भनेर थप गरिएको छ । अब यो बिदा पाउने कसैको पनि तलब काटिने छैन ।’

सहमतिबेगर तलब काट्न पाइँदैन स् साउदीमानव साधन तथा सामाजिक विकास मन्त्रालयले कर्मचारी तथा कामदारको सहमतिबेगर वेतलबी बिदा दिन नमिल्ने जनाएको छ । साउदीले श्रम कानुनलाई पालना गर्न सबै निजी कम्पनी तथा फर्महरुलाई अनुरोध गरेको साउदी प्रेस एजेन्सीले उल्लेख गरेको छ ।

‘साउदी श्रम कानुनको अवज्ञा गरी कामदारको इच्छाविपरीत बिनापारिश्रमिक बिदा बस्न बाध्य बनाइएमा उजुरी दिन सकिनेछ । कामदारले सिधै साउदीको श्रम कार्यालय वा साउदीको हटलाइन १९९११ नम्बरमा फोन गरी गुनासो टिपाउन सकिनेछ ।

नेपाली दूतावासको हटलाइन (०५५९३८९६००) मा उजुरी दिन सकिनेछ’, राजदूत राजपुतले भने,‘दूतावासले यहाँका सम्बन्धित कार्यालयसँग समन्वय गरी समस्या समाधानको पहल गर्नेछ ।’

नेपाली दूतावासका अनुसार साउदी सरकारले कोरोना भाइरसका कारण विभिन्न हिसाबले प्रभावित भएका रोजगारदाता तथा श्रमिकका लागि केही सुविधा दिएको छ ।

साउदी सरकारले आप्रवासी कामदारको आवागमनमा रोक लगाएको मितिदेखि ३ महिनासम्मको श्रम भिसाका लागि तिरेको शुल्क रोजगारदातालाई फिर्ता दिने व्यवस्था मिलाएको छ । ‘रोजगारदाताले कामदारबाट यो अवधिको भीसा शुल्क भनेर कुनै लिन पाउने छैनन् । यसो गरेमा रोजगारदातालाई सरकारले कारबाही गर्नेछ । कुनै रोजगारदाताले भीसाको शुल्क लिएमा उजुरी गर्नुहोला ।

राहदानीमा भीसा छाप हानेको छ भने पनि यो अवधि गणना हुने छैन’, राजपुतले भने,‘साउदीबाट बाहिर निस्कन भिसा लागेका वा फेरि साउदी आउनको लागि नवीकरण भई आवागमन बन्द भएका कारण प्रयोग नभएका भिसाहरु ३ महिनाको अवधिका लागि बिना कुनै शुल्क म्याद थप हुनेछन् ।’

साउदीले परिचय पत्र (अकामा) को अवधि सकिएमा कामदारले तिर्दै आएको लेबी ३ महिनासम्मका लागि माफ गर्ने र अकामा निस्शुल्क नवीकरण हुने व्यवस्था मिलाएको उनले बताए ।

उद्धार समिति गठनगैर आवासीय नेपाली संघ, साउदी अरबले कोरोना भाइरस महामारीबाट कामदारमा आइपर्ने आपत्कालीन परिस्थितिमा सहयोग तथा सहजीकरण गर्नको लागि उद्धार समिति गठन गरेको छ । समितिमा वरिष्ठ उपाध्यक्ष ध्रुवकुमार रिजाल (जेद्दा), उपाध्यक्ष भोलानाथ पौडेल (दमाम), उपाध्यक्ष रोशनकुमार श्रेष्ठ (दमाम), उपाध्यक्ष विशाल श्रेष्ठ (अल–कासिम), कार्यवाहक महासचिव लालबहादुर मगर (जिजान), कोषाध्यक्ष सन्तोष लुइँटेल (जेद्दा) प्रवक्ता विष्णु न्यौपाने (जेद्दा), सल्लाहकार भक्त हमाल (ताबुक) र रियादका क्षेत्रीय अध्यक्ष मेनुका सिटौला ओडारी रहेका छन् ।

साउदीमा गत सातादेखि लागू हुने गरी १४ दिनका लागि होम क्वारेन्टाइनमा बस्न लगाइएको छ । २३ मार्चदेखि लागू हुने गरी साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म २१ दिने कर्फ्यु छ ।

संघले साउदी अरबलाई आफ्नो कर्मथलो बनाएर बस्दै आएका नेपालीलाई नआत्तिन, नहड्बडाउन, सशंकित नहुन, भ्रमित नहुन र साउदी सरकारले जारी गरेको हरेक नीति निर्देशन पूर्ण रूपमा पालन गर्न आग्रह गरेको छ । (कान्तिपुर दैनिकबाट)

वि.सं.२०७६ चैत १३ बिहीवार ०७:४० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...