back
NMB ad

कोरोना भाईरस उपचार कोषमा नेकपा संसदको १५ दिनको तलब

Kumari bank ad

हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी नेकपा बागमती प्रदेश संसदिय दलले बागमती प्रदेश सरकारले स्थापना गरेको बागमती प्रदेश कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग रकम जम्मा गर्ने निर्णय गरेको छ ।

विश्वभरी महामारीका रुपमा फैलीएको कोरोना भाईरस नियन्त्रणका लागि सहयोग गर्न नेकपाबाट निर्वा्चित प्रदेश सभा सदस्यहरुले पाउने सेवा सुबिधाको १५ दिनको रकम कोषमा जम्मा गर्ने निर्णय गरेको नेकपा संसदिय दलका मुख्य सचेतक केशवराज पान्डेले जानकारी दिनुभयो ।

कोरोना भाईरसको सङ्क्रमण कम गर्न सरकारले लकडाउन गरेकोले सो पालना गर्न आमजनसमुदायलाई आग्रह समेत गरीएको छ । बिश्वसमुदाय समक्ष चुनौतीका रुपमा रहेको कोरोना भाईरसलाई परास्त गर्न सरकारले गरेको आव्हानलाई कार्यन्वयन गर्नुको बिकल्प नभएको मुख्य सचेतक पान्डेले बताउनुभयो ।

सरकारले गरेको निर्णयपुर्ण रुपमा पालना गराउन सहयोग गर्न प्रदेश सभा सदस्यहरुलाई उहाले आग्रह समेत गर्नुभयो । बागमती प्रदेश सभामा नेकपाका ८० सदस्यहरु रहेका छन ।

यसअघि नै प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलसहित अन्य मन्त्रीहरुले एक महिनाको तलब कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ भने प्रमुख प्रतिपक्षी दलले पनि ७ दिनको जम्मा गर्ने जनाएको छ ।

वि.सं.२०७६ चैत १३ बिहीवार ०७:३१ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...