back
NMB ad

सरकारले भोलीदेखि मुलुकका तीन ठूला शहरमा कोरोना भाइरसको परीक्षण सुरु गर्ने

Kumari bank ad

काठमाडौं । सरकारले मुलुकका तीन ठूला शहरका अस्पतालमार्फत कोरोनाभाइरसको परीक्षण सुरु गर्ने भएको छ ।  प्रदेश १ को धरान, गण्डकी प्रदेशको पोखरा र प्रदेश ५ को नेपालगञ्जमा भाइरस परीक्षण गर्न लागिएको हो ।

बाँकेको नेपालगञ्ज मेडिकल कलेज–शिक्षण अस्पताल, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरामा कोभिड–१९ भाइरस परीक्षणको सुरुवात गर्न थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसका लागि प्रविधिक टोली समेत पठाइएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले जानकारी दिए ।

देशका सातै प्रदेशमा कोरोना जाँच गर्ने व्यवस्था मिलाउने योजना बनाइए पनि हाल भने तीन स्थानमा मात्र व्यवस्था गरिएको निर्देशक पाण्डेले बताए ।‘कोरोना संक्रमण भएन–भएको पत्ता लगाउन अब यहाँको प्रयोगशालामा आउन पर्दैन,’ उनले भने,‘प्रदेश तहमा नै व्यवस्था चाडैँ हुन्छ ।’ शुक्रबारदेखि नै कोरोनाभाइरस (कोभिड–१९) को नमुना परीक्षण सुरु हुने उनले बताए ।

कोरोनाभाइरस संक्रमण परीक्षण जोखिमपूर्ण हुने भएकोले स्थल चयन गर्न समेत कठिनाई हुने निर्देशक पाण्डेले बताए । ‘कोरोना जाँच गर्ने स्थलमा वायोसेफ्टीको आवश्यकता पर्छ,’ उनी भन्छन्,‘परीक्षण गर्ने क्रममा नमुनालाई चलाउने, घुमाउने,एउटा भाडाबाट अर्को राख्नुपर्छ त्यसैले सावधानी अपनाउन जरुरी हुन्छ ।’

सबै स्थानमा परीक्षण स्थाल तोक्न भन्दा प्रभावकारी ढंगले काम गर्न जरुरी हुने उनी बताउँछन् । तोकिएका तीन स्थानमा आवश्यक जनशक्ति पठाउने पनि उनले बताए । पहिलो चराणमा तीन स्थानमै बीसदेखि सय नमुना परीक्षण गर्न सक्ने उनले जानकारी दिए ।

वि.सं.२०७६ चैत १३ बिहीवार १७:४८ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...