युएईमा फेरि २ जना नेपालीमा कोरोना संक्रमण भेटियो

काठमाडौं । युएईमा फेरि २ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भएको भेटिएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो सूचनाअनुसार २४ घण्टाभित्र थपिएका ७२ नयाँ संक्रमित मध्ये दुईजना नेपालीमा कोरोनाको संक्रमण देखिएको हो ।

सो मन्त्रालयले जनाएअनुसार हाल उनीहरूको अवस्था स्थिर छ र उपचार भइरहेको छ । यसअघि पनि यहाँ दुई जना नेपालीमा यस्तो संक्रमण देखिएको थियो । तर केही समयको उपचारपछि उनी निको भएका थिए ।

युएईमा हालसम्म ४ सय ५ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

२०७६ चैत्र १५ गते १२:४४ मा प्रकाशित

You can share this post!

कोभिड-१९ चेक प्वाइन्ट राखेर बन्द रंगशालामा क्रिकेट खेलाउने तयारी

कोभिड-१९ चेक प्वाइन्ट राखेर बन्द रंगशालामा क्रिकेट खेलाउने तयारी

Related posts