काठमाडौं । नेपालमा कोरोनाका पाँचौ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बेल्जियमबाट काठमाडौं आएकी युवतीमा कोरोना देखिएको हो ।
बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी ती २२ वर्षीया युवतीमा कोरोना पोजिटिभ देखिएको हो । उनका अनुसार ती युवती अहिले चिकित्सकको निगरानीमा उपचार गरिरहेकी छन् ।
वि.सं.२०७६ चैत १५ शनिवार १६:२१ मा प्रकाशित