back
NMB ad

नेपाल टेलिकमले परिमार्जन गर्यो विभिन्न सेवा सुविधा : यस्ता छन् फाइदाहरु

Kumari bank ad

काठमडौं । नेपाल टेलिकमले ब्यालेन्स ट्रान्सफरको व्यवस्थालाई परिमार्जन गरेको छ । लकडाउनका कारण ग्राहकहरुलाई समस्या परेको भन्दै कम्पनीले आफ्नो ब्यालेन्स ट्रान्सफर, टपअप तथा भुक्तानीको सुविधामा केही परिमार्जन गरेको हो ।

यसअनुसार हाल कम्पनीको एउटा प्रिपेड मोबाइलबाट अर्को प्रिपेड मोबाइल वा अर्को पोस्टपेड मोबाइलमा युएसएसडी कोडमार्फत एक दिनमा बढीमा पाँच पटकसम्म र प्रत्येक पटक अधिकतम एकसय रुपैयाँसम्म ट्रान्सफर गर्न सकिने व्यवस्था छ ।

यसलाई परिमार्जित व्यवस्थाअनुसार एक दिनमा बढीमा दश पटकसम्म र एक पटकमा दश रुपैयाँदेखि दुई सय रुपैयाँसम्म ब्यालेन्स ट्रान्सफर गर्न सकिने कम्पनीले जनाएको छ ।

टेलिकमले महसुल भुक्तानी तथा टपअप सहज बनाउन भुक्तानी र टपअपको व्यवस्थामा परिवर्तन गरेको छ । यसअन्तर्गत कम्पनीका आधिकारिक एमपिओएस सेवा प्रदायकहरु तथा सुपरमार्केट, अस्पताल, कम्पनीको कार्यालय परिसरमा जडान गरिएका केआइओएसके मेसिनहरुमा गई कम्पनीको सेवाको महसुल भुक्तानी गर्न सकिन्छ ।

यसैगरी भुक्तानी सेवा प्रदायकहरुका एप प्रयोग गरी कम्पनीका सेवाहरुको महसुल भुक्तानी तथा टपअप सहजरुपमा गर्न सकिने पनि कम्पनीले जनाएको छ ।

विभिन्न बैंकमा भएका खाताबाट अनलाइन बैंकिङ वा मोबाइल बैंकिङक सुविधा लिइ सोही बैंकका सेवा प्रयोग गरी कम्पनीको महसुल भुक्तानी गर्न सकिने पनि टेलिकमले जनाएको छ ।

डेबिट कार्ड, क्रेडिट कार्डको प्रयोग गरी कार्ड पे डट एनटिसी डट नेट डट एनपीमा लगअन गरी आफूले चाहेको मोबाइल नम्बर टाइप गरी रिचार्ज गर्न चाहेको रकम छान्न सकिने र त्यसैबाट भुक्तानी गर्न सकिने पनि कम्पनीले जनाएको छ ।

वि.सं.२०७६ चैत १८ मंगलवार १८:०८ मा प्रकाशित

You can share this post!

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...