back
NMB ad

एसईई विद्यार्थीका लागि यस्तो बन्यो नयाँ सुविधा

Kumari bank ad

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएपछि घरमै बसेर परीक्षा तयारीमा जुटेका विद्यार्थीले अब आफूले नजानेको प्रश्न घरबाटै सम्बद्ध विषय शिक्षकलाई सोध्न पाउनेभएका छन् ।

विद्यार्थीको परीक्षाको तयारीमा सुविधा पुग्नुका साथै अभिभावकलाई समेत केही राहत महसुस होस् भनेर शिक्षकको छाता संस्था नेपाल शिक्षक महासङ्घको पहलमा विद्यार्थीका प्रश्नको जिज्ञासा घरमै समाधान गरिदिने उपायको खोजी गरिएको हो ।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले एसईईका विद्यार्थी केही दिनदेखि निकै तनावमा परेको र अभिभावकसमेत यसबाट पीडित भएकाले परीक्षा तयारी सहज बनाउन यस खालको प्रबन्ध गरिएको बताए ।

विद्यार्थीले अब अङ्ग्रेजी, नेपाली, विज्ञान, गणित, सामाजिक विषयको कुनै प्रश्नको उत्तर नआए टेलिफोनबाटै विषय विज्ञ शिक्षकलाई सोध्न पाउनेभएका छन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसितको समन्वयमा शिक्षक विद्यार्थीको टेलिफोन संवादलाई टोल फ्री नम्बर बनाएर निःशुल्क बनाइने योजना रहेको महासङ्घका अध्यक्ष थापाले बताए ।

महासङ्घले यसका लागि एक विषयका सात शिक्षकको सूची सार्वजनिक गरेको छ । सबै प्रदेशबाट सबै विषयमा एक÷एक शिक्षक रहनेगरी कुल ३५ शिक्षकको सूची तयार पारिएको बताइएको छ ।

रोस्टरमा रहेका शिक्षकमध्ये विद्यार्थीले जुनसुकै शिक्षकलाई पनि सोध्न सक्नेछन् । लामो समयदेखि विद्यार्थी शिक्षकसँग सम्पर्कबाहिर रहेको र केही नजानेको कुरासमेत सोध्न नपाउने अवस्थामा विद्यार्थीको पठनपाठनमा झनै समस्यामा पर्ने भएकाले आफूहरूले यस खालको उपाय निकालेको उनले बताए ।

विद्यार्थीलाई अनिवार्य विषयमा धेरै समस्या हुने भएकाले पाँच विषयका शिक्षक खोजिएको अध्यक्ष थापाले बताए ।  एसईईमा पाँच वटा अनिवार्य विषय रहेका छन् । ऐच्छिक विषयका रूपमा रहेका तीन वटा विषयका लागि भने हाल यो व्यवस्था गर्नेछैन ।

धेरै विद्यार्थीले रोज्ने ऐच्छिक गणित, लेखा, अर्थशास्त्र, कम्प्युटर लगायतका विषयमा भने यस खालको प्रबन्ध गर्न नसकिएको उहाँको भनाइ छ । यसैबीच महासङ्घले एसईई परीक्षाको तयारीमा रहेका विद्यार्थी्सित भौगोलिक रूपमा टाढा भए पनि प्राविधिक रूपमा निकट भएर सहयोग गर्न देशभरका शिक्षकसित आह्वान गरेको छ ।

मुलुकमा कोरोना भाइरसको सङ्क्रमण बढ्ने खतरा देखिएपछि सरकारले चैत ६ गतेबाट गर्ने तयारीमा भइरहेको एसईई परीक्षा अन्तिम समयमा आएर स्थगित गरेको थियो ।

भाइरसको सङ्क्रमण कम हुने बित्तिकै परीक्षा निर्वाध रूपमा सुरु गरिने भएकाले केही समय धैर्य गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अभिभावक तथा विद्यार्थीलाई आग्रह गरेको छ । एसईईमा परीक्षामा झण्डै पाँच लाख विद्यार्थी सहभागी हुने जनाइएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

वि.सं.२०७६ चैत १९ बुधवार ०७:१७ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...