back
NMB ad

कर्णालीमा २८ नमुनामध्ये १७ को रिपोर्ट सबै नेगेटिभ

Kumari bank ad

सुर्खेत । कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा गरिएको नमुना परीक्षणमा कर्णाली प्रदेशमा हालसम्म १७ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।

प्रदेशबाट जम्मा २८ जनाको नमुना परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ पठाइएको थियो । त्यसमध्ये १७ जनाको रिर्पोट आइसकेको र सबै रिर्पोट नेगेटिभ देखिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तै, नमुना परीक्षणका लागि पठाएका ११ जनाको रिपोर्ट भने आउन बाँकी छ । यसैबीच तीन जनाको नमुना परीक्षणका लागि बुधबार काठमाण्डौ पठाइँदैछ ।

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भण्डारीले सुर्खेतका एक जना र डोल्पाका दुई जनाको नमुना परीक्षणका लागि आज पठाउन लागिएको जानकारी दिनुभयो ।

मन्त्रालयले दिएको जानकारीअनुसार हुम्लाबाट दुई, डोल्पाबाट तीन, सुर्खेतबाट १०, कालिकोटबाट एक, जुम्लाबाट तीन, रुकुमपश्चिमबाट चार, दैलेखबाट दुई र सल्यानबाट तीन जनाको नुमना परीक्षण गर्न पठाइएको छ ।

वि.सं.२०७६ चैत १९ बुधवार १३:३५ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...