back
NMB ad

नेपाल प्रहरीको मोबाइल एपबाटै कोरोना सम्बन्धी जानकारी दिन सकिने

Kumari bank ad

काठमाडौं । नेपाल प्रहरीको मोबाइल एपबाट कोरोना भाइरसको जानकारी दिन सकिने भएको छ ।

लकडाउनको उल्लंघन भएमा, लकडाउन भएको अबस्थामा कालोबजारी भएमा, आफु वा छर छिमेक कसैलाई कोरोना भाइरसको लक्षण देखिएमा तथा सेल्फ क्वारेन्टाइनमा रहेको सूचना र लकडाउनले गर्दा आफु कुनै समस्यामा परेमा त्यसको जानकारी नेपाल प्रहरीको मोबाइल एपबाट दिन सकिने भएको हो ।

यसरी दिनुहोस जानकारी

जानकारी दिनको लागि सबैभन्दा पहिले प्ले स्टोर तथा एप स्टोरबाट नेपाल प्रहरीको मोबाइल एप डाउनलोड गर्नुपर्ने छ । डाउनलोड गरेपछि एप इन्स्टल गरी रजिष्टर गर्नुहोस । रजिष्टर गरीसेकेपछि रिपोर्ट इन्सिडेन्समा क्लिक गर्नुहोस ।

रिपोर्ट इन्सिडेन्समा क्लिक गरेपछि कोरोना सम्बन्धि (कोभिड-१९) मा क्लिक गर्नुहोस । त्यसपछि आवश्यकता अनुसार इमेज, भिडिओ, अडियो अपलोड गरी केही लेख्नु पर्ने भए लेखेर पठाउन सकिने छ ।

एपबाट कुनै जानकारी पठाउदा घटनाको लोकेसन समेत सेट गरेर पठाउन सकिने छ । सबमिट गरिसकेपछि प्रोसीडमा क्लिक गरी ओकेमा क्लिक गर्नु पर्नेछ ।

नेपाल प्रहरीको एन्ड्रोइड मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस भने आइफोनको लागि यहाँ क्लिक गर्नुहोस । साथै प्रहरीको मोबाइल एपबाट घरेलु हिंसा, अपहरण, लागु ओषध, यौनजन्य अपराध, सवारी दुर्घटना, मानिस हराएको, ज्यान सम्बन्धी, हातहतियार तथा बिस्फोटक पदार्थ लगायत अन्य विविध विषयको फोटो, भिडियो, अडियो अपलोड गरी घटनाको लोकेसन समेत सेट गरेर जानकारी दिन सकिने छ ।

एपबाटै मेट्रो ट्राफिक एफएम सुन्न, आफु नजिकको प्रहरी स्टेसन थाहा पाउन, अस्पताल, एमबुलेन्स, ब्लड बैंक, दमकल लगायतलाई फोन गर्न तथा प्रहरी सम्बन्धी अन्य जानकारी लिन सकिने छ ।

वि.सं.२०७६ चैत २० बिहीवार ०९:५५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...