back
NMB ad

कोरोनाबाट विश्वमा ४७ हजार २४५ को मृत्यु र नौ लाख ३६ हजार ५० सङक्रमित

Kumari bank ad

एजेन्सी । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ४७ हजार २४५ पुगेको छ ।

पछिल्लो विवरणअनुसार संसारभरि नौ लाख ३६ हजार ५० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे छ ।

चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ ।सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ । यद्यपि इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ ।

कोरोनाभाइरस संक्रमणबाट सर्वा्धिक प्रभाव परेका १० मुलुकको पछिल्लो परिदृश्य । इटालीमा १ लाख १० हजार ५७४ कुल सङ्क्रमित भएका छन् भने, तेह्र हजार १५५ को मृत्यु भएको छ । यसैबीच १६ हजार ८४७ निको भएर फर्किएका छन् ।

स्पेनमा १ लाख ४ हजार ११८ कुल सङ्क्रमित भएका छन् भने, नौ हजार ३८७ को मृत्यु भएको छ । यसैबीच २२ हजार ६४७ निको भएर फर्किएका छन् । संयुक्तराज्य अमेरिकामा २ लाख १५ हजार ३०० कुल सङ्क्रमित भएका छन् भने, पाँच हजार ११० को मृत्यु भएको छ ।यसैबीच ८ हजार ८७८ निको भएर फर्किएका छन् ।

फ्रान्समा ५६ हजार ९८९ कुल सङ्क्रमित भएका छन् भने, चार हजार ३२ को मृत्यु भएको छ । यसैबीच १० हजार ९३५ निको भएर फर्किएका छन् । चीनमा ८१ हजार ५५४ कुल सङ्क्रमित भएका छन् भने, तीन हजार ३१२ को मृत्यु भएको छ । यसैबीच ७६ हजार २३८ निको भएर फर्किएका छन् ।

इरानमा ४७ हजार ५९३ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार ३६ को मृत्यु भएको छ । यसैबीच १५ हजार ४७३ निको भएर फर्किएका छन् । बेलायतमा २९ हजार ४७४ कुल सङ्क्रमित भएका छन् भने, २ हजार ३५२ को मृत्यु भएको छ । यसैबीच १३५ निको भएर फर्किएका छन् ।

नेदरल्यान्ड्समा १३ हजार ६१४ कुल सङ्क्रमित भएका छन् भने, एक हजार १७३ को मृत्यु भएको छ । यसैबीच २५० जना निको भएर फर्किएका छन् । जर्मनीमा ७७ हजार ९८१ कुल भएका छन् भने, ९३१ को मृत्यु भएको छ ।

यसैबीच १८ हजार ७०० निको भएर फर्किएका छन् । बेल्जियममा १३ हजार ९६४ कुल सङ्क्रमित भएका छन् भने, ८२८ को मृत्यु भएको छ । यसैबीच २ हजार १३२ निको भएर फर्किएका छन् । –एपी

वि.सं.२०७६ चैत २० बिहीवार १३:४० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...