इजरायलका स्वास्थ्यमन्त्रीलाई पनि कोरोना संक्रमण

तेल अभिभ । इजरायलका स्वास्थ्यमन्त्री र उनकी श्रीमतीलाई कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ ।मन्त्रालयले दुबै जना अहिले सरकारी निर्दे्शिका बमोजिम ‘आइसोलेसन’मा रहनु भएको बताइएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका सहकर्मी ७१ वर्षीय याकोभ लिजम्यान यसअघि प्रधानमन्त्री नेतन्याहूले कोरोनाभाइरससँग सम्बन्धित ब्रिफिङ गर्दा प्रधानमन्त्रीका साथ उपस्थित रहने गर्थे ।

तर लिजम्यानले हालैका साताहरुमा सार्वजनिक कार्यक्रमबाट आफूलाई अलग राख्न थालेका थिए । मन्त्री लिजम्यानको साटो पछिल्लो समय स्वास्थ्य सेवा महानिर्देशकले सरकारका कदमहरु बारे जानकारी गराउँथे । –एएफपी

२०७६ चैत्र २० गते १३:४८ मा प्रकाशित

You can share this post!

कोरोनाबाट विश्वमा ४७ हजार २४५ को मृत्यु र नौ लाख ३६ हजार ५० सङक्रमित

कोरोनाबाट विश्वमा ४७ हजार २४५ को मृत्यु र नौ लाख ३६ हजार ५० सङक्रमित

Related posts