back
NMB ad

आउँदो आइतवारदेखि बैंक खोल्न दिने निर्णय (सूचनासहित)

Kumari bank ad

काठमाडौं । आगामी चैत २३ गतेदेखि बैंक खोल्न अनुमति दिने निर्णय भएको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण जिल्लास्तरीय समन्वय समिति कञ्चनपुरको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले आइतवार बिहान ११ बजेदेखि दिनको १ बजेसम्म दैनिक २ घण्टा बैंक खोल्न अनुमति दिने निर्णय गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले सार्वजनिक सूचना जारी गर्दै भीड नगर्ने, सामाजिक दूरी कायम गर्ने र स्यानिटाइजरको व्यवस्थासहित बैंक खोल्न अनुमति दिने जनाउनुभएको छ ।

मिर्गाैलाको डायलासिस गर्नुपर्ने बिरामीलाई सवारी पास नचाहिने र अस्पतालको पूर्जीको आधारमा आवागमन गर्न पाइने, भीडभाड नहुने गरी किसानले गहुँ काट्न र थ्रेसर चलाउन पाउने, कुखुराको दाना साँझ ८ बजेपछि रातको समयमा ढुवानी गर्न दिने लगायत निर्णय समितिले गरेको छ ।

वि.सं.२०७६ चैत २० बिहीवार १६:२० मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...