काठमाडौं । नेपालमा छैठौं व्यक्तिमा कोरोनाभाइरस (कोभिड(१९) पोजेटिभ देखिएको छ । बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले प्रेस ब्रिफिङ गर्दै छैठौं व्यक्तिमा संक्रमण देखिएको पुष्टि गरेको हुन्।
ती व्यक्ति गत चैत ४ गते दोहाबाट कतार एयरवेजको जहाजबाट आएका हुन्। यद्यपी उनी कहाँका हुन् र महिला हुन् कि पुरूष भन्ने पनि खुलाइएको छैन।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६ पुगेको छ । पहिलो संक्रमित व्यक्ति निको भएर घर फर्किएका छन् भने बाँकी ४ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।
जसमा टेकु अस्पतालमा २ जना, सेती प्रादेशिक अस्पतालमा एकजना र धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा एक जना छन् ।
वि.सं.२०७६ चैत २० बिहीवार १६:२९ मा प्रकाशित