back
NMB ad

एनसेलले २५ प्रतिशतले घटायो इन्टरनेट शुल्क : यस्तो दियो सुविधा

Kumari bank ad

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले हालै सरकारले गरेको निर्णयअनुसार बिहीबार (चैत्र २०)बाट लागुहुने गरी डाटा सेवामा पे एज यु गोको शुल्क २५ प्रतिशतले घटाएको छ ।

यससँगै एनसेलका ग्राहकले अब यस लकडाउनको अवधिभर अझै सुलभ दरमा एनसेलको डाटा प्रयोग गरी आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्नेछन् ।

एनसेलले आफ्नो कर बाहेक २ प्रति एमबी रहेको पे एज यु गो शुल्क १.५० प्रति एमबीमा झारेको छ । यो परिमार्जित शुल्क लकडाउनको अवधिभर लागु रहनेछ ।

सुलभ दरमा आफ्ना ग्राहकलाई इन्टरनेटको पहुँच सुनिश्चित गर्नका लागि कम्पनीले यस अघिनै पे एज यु गोअन्तर्गत ग्राहकलाई डाटामा बोनस समेत दिँदै आएको छ ।

जसअन्तर्गत डाटा शुल्क ८० प्रतिशतसम्म कम भएको छ । यो योजनाअन्तर्गत ग्राहकले जति धेरै आफ्नो मेन ब्यालेन्सबाट डाटा प्रयोग गर्नेछन् त्यसै अनुरुप डाटा शुल्क थप सुलभ हुँदै जान्छ ।

पे एज यु गोमा दिइएको २५ प्रतिशत छुटसँगै ग्राहकले इन्टरनेट चलाउँदै जाँदा ८० प्रतिशतसम्म छुटमा डाटा प्रयोग गर्न सक्नेछन् । जब ग्राहकले आफ्नो मेन ब्यालेन्स प्रयोग गरी डाटा सेवा चलाउँछन् । खर्च भएको ब्यालेन्स रकमको आधारमा तत्काल बोनस डाटा पाउँदै जानेछन् ।

जब ग्राहकले आफ्नो ब्यालेन्सबाट २, ५, १०, २०, ३० वा यो भन्दाथप १० का दरले खर्च गर्दै जान्छन् त्यसै अनुपातमा बोनस डेटा प्राप्त गर्दै जानेछन् । शुरुमा १० डाटामा खर्च गरे पश्चात त्यसपछि खर्च हुने प्रत्येक १० मा ग्राहकले २०/२० एमबी डाटा बोनस पाउने छन् ।

यदि ग्राहकले २ रुपैयाँ मेन ब्यालेन्स १.०४ एबी डाटामा खर्च गर्दछन् भने उनीहरुले तत्कालै २ एमबी डाटा बोनस पाउँनेछन् । यसैगरी ग्राकहले ३० ब्यालेन्स खर्च गर्छन भने बोनसको ५७ एमबीसहित कुल करिब ७३ एमबी डाटा पाउनेछन् । यदि ग्राहकले मेन ब्यालेन्सको १०० रुपैयाँ डाटामा खर्च गर्दछन् भने मेन ब्यालेन्सबाट पाइने ५२.२ एमबी र बोनस १९७ एमबीसहित कुल २५० एमबी डाटा पाउनेछन् ।

कोरोनाभाइरसले निम्त्याएको महामारीको यस समयमा, एनसेलले ग्राहकको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न योजनाहरु जस्तै सापटी सेवामा थप रकम, निःशुल्क ब्यालेन्स ट्रान्सफर, रिचार्जमा १२० प्रतिशत बोनस र १५ जिबीको स्टे होम प्याक पनि प्रदान गर्दै आएको छ ।

वि.सं.२०७६ चैत २० बिहीवार १८:०६ मा प्रकाशित

You can share this post!

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०१

काठमाडौँ, १४ वैशाख : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:५५

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच...

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४८

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना...