काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले कोरोना कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले सो रकम सहयोग गरेको हो ।
सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उक्त रकम सहयोग गरेको बताएको छ । यो बैंकको हालसम्म ८२ शाखा,१२४ एटिएम र १७ एक्स्टेन्सन काउन्टर छन् ।
वि.सं.२०७६ चैत २१ शुक्रवार १३:०२ मा प्रकाशित