कोरोना सारेको आरोपमा प्रेमिकाको हत्या !

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९) को महामारी छ । सबैभन्दा बढी कोरोना भाइरसबाट नागरिक गुमाउने देश इटाली परेको छ । करिब १४ हजार नागरिक गुमाउन लागिसकेको इटालीमा पुरुष नर्सले कोरोना सारेको आरोपमा चिकित्सकको हत्या गरेका छन् ।

इटलीको मेस्सिनामा २८ वर्षीय पुरुष नर्सले कोरोना भाइरस सारेको आरोपमा चिकित्सकसमेत रहेकी आफ्नी २७ वर्षीया प्रेमिकाको हत्या गरेको बेलयाती सञ्चारमाध्यम डेलीमेलले जनाएको छ ।

चिकित्सकसमेत रहेकी प्रेमी लोरेना क्वारान्ताको हत्यापछि प्रेमी नर्स एन्टोनियो दे पेसले प्रहरीलाई खबर गरेका थिए । मेस्सिना विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययनरत लोरेना इन्टर्न गरिरहेकै अस्पतालमा प्रेमी दे पेस कार्यरत थिए ।

यो मंगलबार भएको हो । मृत चिकित्सक लोरेनालाई मृत्युपश्चात् मेडिकल डिग्री दिइने विश्वविद्यालयले जनाएको छ । प्रेमी नर्स दे पेसविरद्ध हत्याको आरोप लगाएर मुद्दा चलाइनेछ ।-एजेन्सी

२०७६ चैत्र २१ गते १३:४९ मा प्रकाशित

You can share this post!

धनगढीमा आइसियूमा उपचार गराइरहेका युवकको मृत्यु

धनगढीमा आइसियूमा उपचार गराइरहेका युवकको मृत्यु

Related posts