कुमारी बैंकको बिगमार्ट र दराजसँगको १० प्रतिशत छुट प्रावधान

काठमाडौं । कोरोना महामारीले निम्त्याएको देशव्यापी लकडाउनको परिस्थिति र भौतिक बजारहरु पहुँचमा नभएको परिवेशलाई ध्यानमा राखी, कुमारी बैंक लिमिटेडले दराजमार्फत बिगमार्टमा खाद्यान्न लगायत अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको खरिदमा १० प्रतिशतसम्मको आकर्षक छुटको प्रावधान गरेको छ ।

सो सहमतिपश्चात् कुमारी बैंकका डेबिटरक्रेडिट कार्डवाहकहरुले बिगमार्टबाट दराजमार्फत आफूलाई चाहिने अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु झन्झटबिना आफ्नै घरदैलोमा प्राप्त गर्न सक्नेछन् ।

लकडाउनको यस विषम परिस्थितिमापनि बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी सक्रिय एटिएम, डिजिटलरअनलाइन बैंकिंग सेवा लगायत नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी सुविधाहरू उपलब्ध गराउँदै आएको छ ।

२०७६ चैत्र २१ गते २०:३४ मा प्रकाशित

You can share this post!

सहारा साकोसद्वारा कोरोना विरुद्धको अभियानमा ५० लाख सहयोग

सहारा साकोसद्वारा कोरोना विरुद्धको अभियानमा ५० लाख सहयोग

Related posts