लकडाउन फेरि एक साता बढाउन सरकारलाई सुझाव

काठमाडौं । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले लगाएको लकडाउन दोस्रो सातामा चलिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्को एक साता पनि बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।

सरुवा रोग विशेषज्ञ चिकित्सक र विज्ञसहित शुक्रबार बसेको बैठकले लकडाउन अझै एक साता बढाउन सरकारलाई सुझाव दिने निष्कर्ष निकालेको हो ।

भारत र अन्य देशबाट नेपाली घर आएकाले संक्रमणको जोखिम बढेकाले लकडाउन अवधि पनि बढाउनुपर्ने अवस्था देखिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका सल्लाहकार डा. खेम कार्कीले बताउनुभयो । आजको नागरिक दैनिकमा पवित्रा सुनारले समाचार लेख्नुभएको छ ।

२०७६ चैत्र २२ गते ०८:०८ मा प्रकाशित

You can share this post!

कुमारी बैंकको बिगमार्ट र दराजसँगको १० प्रतिशत छुट प्रावधान

कुमारी बैंकको बिगमार्ट र दराजसँगको १० प्रतिशत छुट प्रावधान

Related posts