काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कैलालीका तीनजनामा कोरोना संक्रमण देखिएको जनाएको छ । जस मध्ये दुइ जना भारतबाट आएका र एकजना उनका आफन्त हुन्।
मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीका ३४ वर्षीय महिला (यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त) मा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार यो सँगै पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको हो ।
वि.सं.२०७६ चैत २२ शनिवार १३:२५ मा प्रकाशित