back
NMB ad

लकडाउनमा नक्कली डाक्टरको परिचयपत्र भिरेर लागुऔषध कारोबार !

Kumari bank ad

झापा । आफू डाक्टर भएको भन्दै लागु औषध कारोबारी लकडाउनमा काठमाडौँबाट झापाको काँकडभिट्टा आइपुगेका छन्।

ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले शंका लागेर सोधपुछ गर्दा डाक्टरको नक्कली परिचयपत्र भिरेर लागू पदार्थ किन्न आएको बुझिएको प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी राजेन्द्र पोख्रेलले जानकारी दिए।

उनीहरु ललितपुर महानगरपालिका-१४ का ३३ वर्षीय दिलकुमार श्रेष्ठ र काठमाडौं २९ का २८ वर्षीय गणेश अधिकारी रहेका छन्। डीएसपी पोख्रेलले भने, ‘शंका लागेर सोधपुछका लागि रोक्यौँ। सोधपुछकै क्रममा उनीहरु लागुऔषध कारोबार गर्ने रहेछन् भन्ने पत्ता लाग्यो।’

पोख्रेलका अनुसार उक्त कुरा उनीहरु सवार गाडी खानतलासी गर्दा १ लाख २५ हजार नगद, ब्राउन सुगर सेवनमा प्रयोग हुने नोट, ब्लेड र सिक्कासमेत फेला पारेपछि उनीहरु लागुऔषधको कारोबार गर्ने रहेछन् भन्ने खुलेको हो।

उनीहरुलाई सोधपुछ पछि मेचीनगर-८ को आदर्श माविको क्वारेन्टाइनमा राखिएको छ। १४ दिन क्वारेन्टाइनमा राखेर थप अनुसन्धान अघि बढाइने डीएसपी पोख्रेलले बताए। (अन्नपूर्ण पोष्टबाट)

वि.सं.२०७६ चैत २३ आइतवार १६:४९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...