back
NMB ad

धुलिखेल अस्पतालमा एक महिलाको मृत्यु

Kumari bank ad

काभ्रे । जिल्लाको धुलिखेल अस्पतालमा एक महिलाको मृत्यु भएको छ । पनौती नगरपालिका–१२ स्थित कलाती भूमिडाँडाकी अन्दाजी ४८ वर्षीया मधुमाया तामाङको मृत्यु भएको हो ।

मृतक तामाङलाई आज (आइतबार) बिहान करिब पौने ९ बजेतिर अस्पताल ल्याइएको थियो। ती महिलालाई एक्कासि पेट, टाउको दुख्ने र उच्च ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो । तर, अस्पताल र्पुयाउनसाथ उनलाई डाक्टरले मृत घोषण गरिएको पारिवारिक स्रोतले जनाएको छ। मृतकको शव हाल अस्पतालमा नै राखिएको छ ।

तामाङको के कारणले मृत्यु भएको हो भन्ने कुनै रिपोर्ट आएको छैन। मृतकको नमुना संकलन गरेर परीक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा पठाइएको धुलिखेल अस्पतालका डा. सुमन श्रेष्ठले थाहाखबरलाई जानकारी दिए ।

मृतककी छोरी कतारबाट नेपाल आएकी थिइन् मृतक तामाङकी २८ वर्षीय छोरी सुकुमाया तामाङ भने यही चैत ३ गते कतारबाट नेपाल आएकी हुन् ।

यस्तै कतारबाट आएकी सुकुमायासहित उनको सम्पर्कमा रहेका व्यक्तिहरुलाई कोरोना भाइरसको आशंकामा क्वारेन्टाइनमा राखिएको डाक्टर श्रेष्ठले बताए। उनका अनुसार सुकुमायाको पनि नमुना संकलन गरी परिक्षणको लागि टेकु पठाइएको छ ।

वि.सं.२०७६ चैत २३ आइतवार १८:०५ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...