back
NMB ad

कोरोनाले रोकियो पुनर्बिमा कम्पनीको आइपीओ, लकडाउनभर शेयर बाँडफाँड नहुने

Kumari bank ad

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले निष्कासन गरेको १ करोड ६० लाख कित्ता आइपिओ लकडाउन खुलेपछि मात्र बाँडफाँड गर्ने भएको छ ।

कम्पनीको आइपिओ बिक्री प्रबन्धक आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्री प्याकुरेलले लकडाउनले गर्दा आइपिओ बाँडफाँड गर्न नसकेको बताए ।

आइपिओ बिक्री गरेको एक साता १४ चैत गते नै बाँडफाँड गर्ने तयारी गरेको भए पनि ११ गतेदेखि लकडाउन भएकाले आइपिओ बाँडफाँड गर्न नसकेको उनले प्रस्ट पारे ।

अनलाइनमार्फत बाँडफाँड गर्न नमिल्ने भएकाले बाँडफाँडमा ढिलाइभएको उनले जनाए । आइपिओ बाँडफाँड गर्दासिआस्बा सदस्य लिएका कम्पनीहरूले स्वीकृत गरेपछि सिडिएसको सप्mटेवयरबाट डाटा निकालेर अर्को प्रोफेसनल कम्प्युटर इन्स्टिच्युसनमा राखेपछि गोलप्रथा गनुपर्ने हुन्छ । ‘बैंकलाई फोन गरेर घरबाट हुने काम गरिरहेको छु,’ उनले भने, ‘अझै तीन–चारवटा  बैंकबाट भरेकाहरूको डाटा भेरिफाई हुन बाँकी छ ।’ कसैले दुईपटक आवेदन दिएका भए रद्द गर्ने र कसैले दुईवटा डिम्याटबाट भरेको भेटिए पनि रद्द गर्नुपर्ने उनको भनाइ छ ।

धितोपत्र बाँडफाँड गर्दा नेपाल लगानीकर्ता, इस्यु म्यानेजर र कम्पनीका प्रतिनिधि, सञ्चारकर्मी, रजिस्टारका प्रतिनिधिउपस्थित हुनुपर्छ ।

सरकारले भिडभाड नगर्न भनेपछि आइपिओ बाँडफाँड गर्न नपाएको प्याकुरेलले बताए । कम्पनीले मात्रै बाँडफाँड गर्दा पारदर्शीसमेत नहुने भएकाले बाँडफाँड सारिएको प्याकुरेलको भनाइ छ। लकडाउनको अवधि लम्बियो भने बाँडफाँड हुने अवधि पनि लम्बिन सक्ने उनले बताए । कम्पनीको आइपिओमा मागभन्दा बढीको आवेदन परेको छ ।

क्यापिटलका अनुसार आइपिओमा ५ अर्ब७५ करोड ४७ लाख ३५ हजार रुपैयाँबराबरको ५ करोड ७५ लाख ४७ हजार ३ सय ५० कित्ताका लागि आवेदन परेको छ । यो मागभन्दा ३.६८ गुणा धेरै आवेदन हो । यसमा ४ लाख ९ हजार ७ सय २२ जनाले आवेदन दिएका छन् ।

यतिवेला लगानीकर्ताको पैसा बैंकमा होल्ड भएको छ । आमलगानीकर्तालाई आइपिओ कहिले बाँडफाँड होला भन्ने चासो रहेको छ । एकातिर रकम बैंकमा लामो समयसम्म होल्ड भएको गुनासोसमेत लगानीकर्ता गर्दै आएका छन् ।

कम्पनीले ४ चैतदेखि ७ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ करोड ६० लाख कित्ता आइपिओ जारी गरेको थियो । कम्पनीले कुल पुँजी १० अर्बको १६५ ले हुन आउने पुँजी १ अर्ब ६० करोड रुपैयाँबराबरको सेयर निष्कासन गरेको हो, जसमध्ये ७३ हजार ५ सय कित्ता सेयर कर्मचारीलाई र ५५ ले हुन आउने ८ लाख कित्ता सेयर पनि सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिसकिएको छ ।

 बाँकी १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता सर्वसाधारणलाई बिक्री खुला गरिएको हो । हाल यस कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपिओ बिक्रीपछि पुँजी १० अर्ब रुपैयाँ हुँदैछ । कम्पनीले आइपिओलाई रेटिङ एजेन्सी इक्रा नेपालले औसत अवस्थाभन्दा माथिल्लो आधार जनाउने ‘ग्रेड २’ रेटिङ दिएको थियो ।-नयाँ पत्रिकाबाट

वि.सं.२०७६ चैत २४ सोमवार ०७:५८ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...