back
NMB ad

कोरोनाविरुद्धको होसियारीमा अमेरिकाभन्दा नेपाल अगाडि : गुगल

Kumari bank ad

काठमाडौं । इन्टरनेट सर्च इन्जिन गुगलले कोरोना भाइरसको संक्रमण फैलिएका देशले अपनाएका ‘सामाजिक दूरी’बारे अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको छ ।

त्यसमा अति विकसित देश मानिएको अमेरिकाभन्दा नेपाल अगाडि रहेको देखाइएको छ । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसबाट बच्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना प्रभावित विश्वका सबै राष्ट्रलाई सामाजिक दूरी कायम गर्न अर्थात् आपसी भेटघाट र भिडभाड नगर्न सुझाव दिएको छ ।

सोहीबमोजिम अहिले नेपाललगायत देशले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि लकडाउन अर्थात् पूरै देश बन्दाबन्दी गराएका छन् भने व्यक्ति(व्यक्तिबीचको भेटघाट र शारीरिक निकटता कम गराएका छन्। जसलाई ‘सामाजिक दूरी’ भनिएको छ।

सोही विषयमा गुगलले यो नियम कुन देशले कति पालना गरेका छन् भनेर आफ्नो म्यापका माध्यमबाट अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।जसअनुसार यो नियम अमेरिकाका नागरिकले भन्दा नेपालका नागरिकले गम्भीरतापूर्वक पालना गरेका छन् ।

गुगलका अनुसार नेपालमा रेस्टुरेन्ट, क्याफे, सपिङ सेन्टर, म्युजियम, फिल्म हललगायत ठाउँमा मानिसको चहलपहल ७८ प्रतिशत घटेको छ भने ग्रोसरी, खाद्यान्न पसल, कृषि बजार, फार्मेसीलगायत क्षेत्रमा ६९ प्रतिशत कम भएको छ ।

यसैगरी राष्ट्रिय निकुञ्ज, सार्वजनिक बगैंचालगायत क्षेत्रमा मानिसको आवतजावत ५५ प्रतिशत घटेको छ । सार्वजनिक यातायात क्षेत्रमा मानिसको भिडभाड ७४ प्रतिशत कम भएको गुगलको अध्ययनले देखाएको छ ।

यसैगरी काम गर्ने ठाउँमा पनि मानिसको चहलपहल ७२ प्रतिशत घटेको छ। तर आवासमा मानिसको सहभागिता २८ प्रतिशत बढेको छ ।
नेपालमा कोरोनाका कारण अहिलेसम्म ६ जना संक्रमित भएका छन् भने कसैको मृत्यु भएको छैन ।

उता अमेरिकामा रेस्टुरेन्ट, क्याफे, सपिङ सेन्टर, म्युजियम, फिल्म हललगायत ठाउँमा मानिसको चहलपहल ४७ प्रतिशत मात्र घटेको गुगलले जनाएको छ ।

यस्तै त्यहाँका ग्रोसरी, खाद्यान्न पसल, कृषि बजार, फार्मेसीलगायत क्षेत्रमा मानिसको चहलपहल २२ प्रतिशत मात्र कम भएको छ । राष्ट्रिय निकुञ्ज, बिच, सार्वजनिक बगैंचालगायत क्षेत्रमा मानव चहलपहल १९ प्रतिशत कम भएको छ भने बस, ट्रेनलगायत सार्वजनिक यातायातमा चहपहल ५१ प्रतिशत घटेको छ ।

यसैगरी काम गर्ने ठाउँमा मानव चहलपहल ३८ प्रतिशत कम गुगगले उल्लेख गरेको छ। यस्तै अमेरिकाको आवास क्षेत्रमा भने मानव चहलपहल १२ प्रतिशत बढेको गुगलको अध्ययनले देखाएको छ ।

शनिबार बिहान ७ बजेसम्मको तथ्यांकअनुसार कोरोनाबाट अमेरिकामा ७ हजार ३ सय ९१ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या २ लाख ७६ हजार ९ सय ६५ पुगेको छ ।

यस्तै भारतमा पनि मानिसको भिडभाड निकै घटेको छ। गुगलका अनुसार रेस्टुरेन्ट, क्याफे, सपिङ सेन्टर, म्युजियम, फिल्म हललगायत क्षेत्रमा त्यहाँ मानिसको चहलपहल ७७ प्रतिशत कम भएको छ ।

यस्तै त्यहाँका ग्रोसरी, खाद्यान्न पसल, कृषि बजार, फार्मेसीलगायत क्षेत्रमा मानिसको चहलपहल ६५ प्रतिशत घटेको छ। राष्ट्रिय निकुञ्ज, बिच, सार्वजनिक बगैंचालगायत क्षेत्रमा मानिसको आवतजावत ५७ प्रतिशत कम भएको छ। त्यहाँ बस, ट्रेनलगायत सार्वजनिक यातायातमा मानव भिडभाड ७१ प्रतिशत घटेको गुगलको अध्ययनले देखाएको छ ।

यसैगरी काम गर्ने ठाउँमा पनि मानिसको संलग्नता ४७ प्रतिशत कम भएको छ भने आवासमा चाहिँ मानव चहलपहल २२ प्रतिशत बढेको गुगलले जनाएको छ ।

कोरोना संक्रमणबाट भारतमा अहिलेसम्म ७२ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या २५ सय ६७ पुगेको छ । गुगलले मानिसको चहलपहल हुने क्षेत्रलाई विभिन्न ६ वर्गमा बाँडेर अध्ययन गरेको हो । त्यसमा मनोरञ्जन, ग्रोसरी तथा फार्मेसी, पार्क, सार्वजनिक यातायात, कार्यक्षेत्र र आवास छन् ।

गुगलले शुक्रबार सार्वजनिक गरेको यो प्रतिवेदनमा गत आइतबारसम्मको तथ्यांक समेटिएको छ ।  यहाँचाहिँ नेपालले उछिनेको अमेरिका र नजिकको छिमेकी भारतको मात्रै तथ्यांक प्रस्तुत गरिएको हो ।

वि.सं.२०७६ चैत २४ सोमवार ०८:१२ मा प्रकाशित

You can share this post!

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...