back
NMB ad

धादिङको गजुरी गाँउपालिकामा खाद्य बैंक स्थापना

Kumari bank ad

धादिङ । नोवेल कारोना भाइरस (कोभिड १९) माहामारीका रुपमा विश्वभर फैलिदै गएपछि संक्रमण रोक्न नेपाल चैत्र ११ गतेदेखि लकडाउनमा बसेको छ ।

मुलुक पूर्णरुपमा लकडाउनमा बस्दा दैनिक ज्याला मजदुरी गरेर निर्वाह गर्नेहरुलाई दैनिक उपभोग्य सामाग्री (खाद्यन्न) अभाव हुन नदिन गजुरी गाँउपालिकाले खाद्य बैंक स्थापना गरी स्थानीय किान तथा व्यावसायीहरुलाई खाद्य बैंकमा खाद्य सामाग्री तथा नगद जम्मा गर्न आग्रह गरेको छ ।

चैत्र २० गते गजुरी गाँउपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतको अध्यक्ष्तामा बसेको कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा समन्वय समितिको बैंठकले गाँउपालिका स्तयरी खाद्य बैंक स्थापना गर्ने निर्णय भएका सुचना अधिकारी विवेक नेपालले बताए ।

खाद्य बैंकमा व्यक्ति र संस्थाले नगद वा जिन्सी जम्मा गर्न सक्नेछन् । नगद जम्मा गर्नेहरुले राष्ट्रिय वाणिज्य बैंक गजुरीमा रहेको विविध खाता १०५०३०२०७६७०७०२ मा दाखिला गर्न सक्नेछन् । खाद्य सामाग्री नून, तेल, दाल चामल, नकुहिने तरकारी जम्मा गर्न गाँउपालिकामा सम्र्पक गर्नु पर्ने गाँउपालिकाले जनाएको छ ।

गजुरी गाँउपालिकाको खाद्य तथा पोषण सुरक्षा योजनामा खाद्य बैंक सञ्चालन गर्ने कार्यक्रम रहे अनुसार खाद्य बस्तुको अभावबाट जो कोहीले पनि मुक्ति पाउन भन्ने उद्देश्यले खाद्य बैक स्थापना गरिएको अध्यक्ष बस्नेतले बताए ।

खाद्य बैंकलाई दिगो रुपमा सञ्चालन गर्न गाँउपालिका भर अवधारणको वारेमा किसानहरुलाई जानकारी गराउने र जसले जति सक्छ त्यति सहयोग गरेर खाद्य बैंक निरन्तर सञ्चालन गर्ने गरि कार्यक्रम तय गर्ने उपाध्यक्ष सीता ढुंगानाले बताईन ।

गजुरी गाँउपालिका भित्र सात सय ९६ परिवार छ महिना भन्दा कम समय खान पुग्ने परिवार रहेकाछन् । वाहिरबाट मजदुरका लागि आएकाहरुलाई पनि लकडाउनको समयमा व्यवस्थापन गर्ने भएकाले केही थप चुनौती छ ।

गांउपालिका स्थापना गरेको खाद्य बैंकमा धादिङ उद्योग वाणिज्य संघका सचिव समेत रहेका स्थानीय निर्पेश न्यौपानेले एक सय २५ केजी चामल गाँउापलिका अध्यक्षलाई शनिवार हस्तान्तरण गरेकाछन् ।

यसै गरी वागमति प्रदेश नेपाल क्रसर तथा खानी उद्योगका अध्यक्ष समेत रहेका स्थानीय गणेशलाल श्रेष्ठबाट ५० बोरा चामल उपलव्ध गराउने घोषण गरेको उपाध्यक्ष ढुंगानाले बताइन ।

यसैगरी गजुरी गाँउपालिका माइती घर भई हाल काठमाण्डौ बस्दै आएकी रिता अधिकारीले एक सय लिटर खानेतेल र ५० केजी नून खाद्य बैकमा दाखिला गर्ने जानकारी आएको उपाध्यक्ष ढुंगानाले बताइन ।

सुविधा वचत तथा ऋण सहकारी संस्था गजुरीको तर्फबाट एक सय ७५ केजी चामल खाद्य बैकमा जम्मा अध्यक्ष मिलन डल्लकोटीले घोषण गरेकाछन् । यसैगरी हाइवे डेभलमेन्ट एण्ड रेस्क्यु युथ क्लवलेका अध्यक्ष प्रविन केसीले १० वोरा मुसुरोको दाल खाद्य बैंकमा जम्मा गर्ने प्रतिवद्धता जनाएकाछन् ।

मुलुक लकडाउन भएर बसेको समयमा मनकारीहरुको मन र्सिजनशिल काममा उत्साहित हुनुले नेपालीले कोरोनालाई सजिलै जित्न सक्छन भन्ने आत्माविश्वास बढाँउछ ।

वि.सं.२०७६ चैत २४ सोमवार ११:५४ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...