back
NMB ad

कोरोना आशंकामा परीक्षण गराएका पाल्लाका तीनै जनाको रिपोर्ट नेगेटिभ

Kumari bank ad

तानसेन । कोरोना भाइरसको संक्रमणको आशंकामा पाल्पाबाट पठाएको ३ जनाको स्वाब परीक्षण रिपोट नेगेटिभ आएको छ । पाल्पाबाट कोरोना सक्रमणको आशंकामा शनिबार तीनजनाको स्वाब परीक्षणका लागि पठाएको थियो ।

लुम्बिनी मेडिकल कलेजबाट माथागढी गाउँपालिका ४ झडेवाका २ जना, र पाल्पा अस्पतालबाट, बगनासकाली गाउँपालिका २ पोखराथोकका एकजना गरी तीनजनाको स्वाब परीक्षणका लागि पठाइएको थियो । जिल्लाबाट पठाएको ३ जनाको रिपोट नेगेटिभ आएको पाल्पा अस्पतालका निमित्त प्रमुख डा. पुष्प ज्ञवालीले बताए।

पाल्पाबाट हालसम्म ४ जनाको स्वाब परीक्षणका लागि पठाएको र एकजनाको रिपोट आउन बाँकी रहेको डा. ज्ञवालीले बताए । ३ जनामध्ये २ जनाको लुम्बिनी मेडिकल कलेज र १ जनाको पाल्पा अस्पतालको आइसोलेसन बेडमा राखी उपचार भइरहेको छ ।

३ जनामा उच्च ज्वरो र सुख्खा खोकी देखिएपछि स्वाब परीक्षणका लागि पठाइएको थियो । हाल तीनैजनाको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ।

वि.सं.२०७६ चैत २४ सोमवार १३:१६ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...