back
NMB ad

एनआरएनए विदेशमा रहेका नेपालीको समस्या समाधानमा केन्द्रित हुने

Kumari bank ad

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) विदेशमा रहेका नेपालीको समस्या समाधानमा केन्द्रित हुने भएको छ ।

अध्यक्ष कुमार पन्तको अध्यक्षतामा आइतबार बसेको पदाधिकारी बैठकले विदेशमा रहेका कोरोना भाइरस संक्रमित नेपालीका लागि आवश्यक सहयोग गर्न आफ्ना गतिविधिलाई तीव्रता दिने निर्णयसमेत गरेको हो ।

समस्या समाधान गर्न विदेशमा रहेका कोरोना प्रभावित नेपालीबारे जानकारी संकलन गर्न क्षेत्रीय संयोजकहरुलाई एनआरएनएले निर्देशनसमेत दिएको छ । कोरानो पीडितका लागि आर्थिक सहयोग गर्न अनलाइन प्रणालीमार्फत् फोन, ट्याब्लेट, कम्प्युटर इत्यादिबाट डेभिड या क्रेडिटकार्ड प्रयोग गर्नसमेत आव्हान गरिएको छ ।

साथै, बैठकले नेपाल सरकारलाई तत्काल एक करोड ६२ लाख रुपैयाँ बराबरको कोभिड(१९ विरुद्ध लड्न भौतिक सामग्री दिने निर्णय गरेको छ । संकलन भएको बाँकी आर्थिक तथा भौतिक सामग्री संघले विदेशस्थित कोरोना संक्रमित नेपालीलाई सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकले कोरोना भाइरसविरुद्ध अभियान चलाउन संघका अध्यक्ष पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिमा विदेशस्थित दूतावासका प्रतिनिधि, सम्पूर्ण संघसंस्था रहेको एक उद्धार समिति गठनको लागि नेपाल सरकार समक्ष आग्रह गर्ने निर्णय पनि गरेको छ ।

उच्चस्तरीय समितिको लागि आवश्यक समिति तथा उपसमिति गठन गर्न अध्यक्ष पन्तलाई पूर्ण अधिकार प्रदान गरिएको छ । बैठकले संघको कृषि समितिको संयोजकमा नारायण घिमिरे संयोजक (क्यानाडा) र उपसंयोजक कपिल थापा (जापान)लाई चयन गरेको संघका महासचिव डा. हेमराज शर्माले जानकारी दिए ।

डा. शर्माका अनुसार संघको केन्द्रीय विधान संशोधन सुझाव समिति संयोजकमा भूषण घिमिरे चयन भएका छन् । यस्तै संघको विधान व्याख्या समितिमा द्रोण रसाली (क्यानाडा) मनोनित भएका छन् भने सोही समितिको सदस्यमा शिव रिजाल र भूषण घिमिरे चयन भएका छन् ।

बैठकले विदेशस्थित दोस्रो पुस्ताका नेपालीबीच सञ्जाल निर्माण गर्न डा. मुरारी अधिकारी संयोजक रहेको एक समिति र खगेन्द्र जिसी संयोजक रहेको ग्वोबल नेपाली डायपोर इन्ट्रिगेसन समिति गठन भएको छ ।

बैठकले कोरोना भाइरस संक्रमणको पीडितको लागि आर्थिक संकलन तथा वितरण सम्बन्धमा नीति निर्माण गर्न कोषाध्यक्ष महेश श्रेष्ठलाई जिम्मा दिने निर्णय गरेको प्रवक्ता डिबी क्षेत्रीले जनाए ।

वि.सं.२०७६ चैत २४ सोमवार १३:४० मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...