back
NMB ad

मेगा बैंकको सहयोग जारी, बागमती र कर्णाली प्रदेशलाई ५/५ लाख हस्तान्तरण

Kumari bank ad

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि प्रदेश सरकारलाई सहयोग हस्तान्तरण जारी राखेको छ ।

कोरोना रोकथामका लागि प्रदेश सरकारलाई सहयोग मिलोस् भन्ने उद्देश्यले मेगा बैंकले बागमती र कर्णाली प्रदेश सरकारलाई ५/५ लाख रुपैंया सहयोग गरेको हो ।

मेगा बैंक हेटौंडा शाखाका प्रबन्धक निरञ्जन देवकोटाले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गर्नुभयो ।

यसैगरी, मेगा बैंक वीरेन्द्रनगर शाखाका प्रबन्धक विक्रम थापाले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ५ लाख रुपैंया सहयोग हस्तान्तरण गर्नुभयो ।

मेगा बैंक सञ्चालक समितिले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि केन्द्रीय सरकारले स्थापना गरेको कोषमा १ करोड रुपैयाँ र सातै वटै प्रदेशले स्थापना गरेको कोषमा ५/५ लाख गरी जम्मा १ करोड ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार, प्रदेश नम्बर १, २, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा यसअघि ५र५ लाख रुपैंया हस्तान्तरण गरिसकेको छ ।

वि.सं.२०७६ चैत २४ सोमवार १६:०५ मा प्रकाशित

You can share this post!

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:२६

काठमाडौँ, १३ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता...

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल  

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल  

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:१८

काठमाडौँ, १३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा...