जनकपुरधाम । कोरोना भाइरसको नियन्त्रण तथा यसबाट प्रभावितलाई राहत उपलब्ध गराउन सिभिल बैंक जनकपुरले आर्थिक सहयोग गरेको छ। प्रदेश २ सरकारले स्थापना गरेको राहत कोषमा बैंकले पाँच लाख रुपैयाँ सहयोग गरेको हो।
सोमवार बैंकका शाखा प्रबन्धक कुलभूषण मल्लिकले मुख्यमन्त्री लालबाबु राउतलाई आवश्यक कागजात बुझाएका थिए। राहत कोषमा विभिन्न संघ(संस्थाले सहयोग गर्ने क्रम जारी छ।
वि.सं.२०७६ चैत २४ सोमवार २०:५७ मा प्रकाशित