back
NMB ad

यस्ताे छ कोरोना संक्रमित ८ नेपालीको पछिल्लो अवस्था

Kumari bank ad

काठमाडौं । नेपालमा अहिलेसम्म कोरोना संक्रमितको कूल संख्या ९ पुगेको छ। त्यसमा सुरुका एक जना निको भइसकेका छन् भने ८ जना अहिले विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।

तीमध्ये काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २, बागलुङको धौलागिरि प्रादेशिक अस्पतालमा २ र सेती प्रादेशिक अस्पतालमा ४ जनाको उपचार भइरहेको छ ।

अहिले आठै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
‘अहिले उहाँहरू सबैलाई ज्वरो, खोकीको लक्षण हराइसकेको छ,’ प्रवक्ता देवकोटाले मंगलबार राति नेपालखबरसँग भने, ‘उहाँहरूको अवस्था सामान्य हुँदै गएको छ।’

प्रवक्ता देवकोटाका अनुसार उनीहरूको अवस्था सम्बन्धित अस्पतालका चिकित्सकले दैनिक जाँच गरिरहेका छन् । ‘स्थिति, अवस्था हेरेर चिकित्सकले उहाँहरूको पटकपटक परीक्षण गर्नुहुनेछ,’ उनले भने, ‘जबसम्म रिपोर्ट नेगेटिभ आउँदैन तबसम्म उहाँहरूलाई घर पठाइन्न।’

वि.सं.२०७६ चैत २५ मंगलवार २०:१२ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४८

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना...

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४१

भरतपुर (चितवन), १४ वैशाख : भरतपुर भ्रमण वर्ष २०२४ को...

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२५

पाटन (ललितपुर), १४ वैशाख : काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री...

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२०

मथुरा (भारत), १४ वैशाख  भारतमा छ साता लामो चुनावी अभियान...

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:४५

प्रेमनारायण आचार्य अर्घाखाँची, १४ वैशाख : नौ वर्षअघिको कहालीलाग्दो घटना...

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...