back
NMB ad

स्वास्थ्यकर्मीलाई शतप्रतिश प्रोत्साहन भत्ता दिने निर्णय

Kumari bank ad

काठमाडौं । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) बिरुद्ध खट्ने स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता दिने भएको छ ।

कोभिड–१९ को सन्त्रासले मानव जीवनलाई त्रसित बनाइरहेको बेला यसबिरुद्ध अग्रभागमा रहेर काममा खटिने स्वास्थ्यकर्मीलाई गाउँपालिकाले तलब बराबर नै प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको हो ।

पाथीभरा याङ्वरक गाउँपालिकाका अध्यक्ष केशरकुमार मेन्याङ्बोका अनुसार काममा खटिएका स्वास्थ्यकर्मीका सहयोगी कार्यकर्तालाई पनि ७५ प्रतिशत प्रोत्साहन भत्ता दिइने छ ।

कोरोना सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषबाट स्वास्थ्यकर्मी र सहयोगीलाई उक्त प्रोत्साहन रकम दिने निर्णय गरिएको अध्यक्ष मेन्याङ्बोले जानकारी दिनुभयो ।

कार्यपालिकाको बैठकले पालिकास्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समिति समेत चयन गरेको र गठित समितिले आफ्नो जिम्मेवारीअनुसार कार्ययोजना बनाएर काम गर्ने गाउँपालिकाले जनाएको छ ।

अध्यक्ष मेन्याङ्बोकै संयोजकत्वमा बनेको समितिले बनाएको कार्ययोजनाअनुसार काममा खट्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिइने छ ।

स्वास्थ्यकर्मीलाई दिइने भत्ता लगायत कोरोना रोकथाम तथा नियन्त्रणका सबैखाले क्रियाकलापमा खर्च गर्नेगरी गाउँपालिकाले करिव १६ लाख रुपियाँको कोष पनि स्थापना गरेको छ ।

गाउँपालिकाका सबै जनप्रतिनिधिको एक महिनाको सेवा सुविधाबापतको रकम तीन लाख ७८ हजार २०० रुपियाँ, बिपद् व्यवस्थापन कोषको सात लाख र आकस्मिक कोषको पाँच लाख गरी कूल १५ लाख ७८ हजार २०० रुपियाँको कोरोना सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष गाउँपालिकाले खडा गरेको छ ।

वि.सं.२०७६ चैत २६ बुधवार ०७:५९ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...