back
NMB ad

विश्वभर १४ लाख बढि कोरोना संक्रमित : ८१ हजारको मृत्यु

Kumari bank ad

काठमाडौं । विश्वका २ सय ८ देशमा फैलिइसकेको कोरोना भइरसको संक्रमणले मानिसको ज्यान जाने क्रम बढिरहेको छ । कोरोना भाइरसको महामारी सारा विश्वले नै झेलिरहेको छ ।

विश्वका लागि स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण विश्वका अधिकांश मानिस घरिभत्रै बस्न बाध्य छन् । पछिल्लो अपढेट अनुसार भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको ८१ हजार ९ सय ७७ को पुगेको छ ।

विश्वभरमा १४ लाख २५ हजार ८ सय ३७ जना संक्रमित भएको पुष्टि भइकेको छ । संक्रमित मध्ये ३ लाख १ हजार ८ सय २५ जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् ।

उपचारमा रहेका करिब ११ लाखभन्दा बढीको स्वास्थ्य अवस्था खतरामुक्त नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोरोना भाइरसबाट सयुक्त राज्य अमेरिका सबैभन्दा बढी संक्रमित भएको छ । अमेरिकामा अहिलेसम्म ३ लाख ९५ हजार ६ सय १७ जना संक्रमित भएका छन् ।

त्यस्तै १२ हजार ७ सय ९५ जनाको संक्रमणबाट ज्यान गएको छ भने २१ अजार ६ सय ७७ जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् ।

अहिलेसम्म इटलीमा सबैभन्दा बढीको ज्यान गएको छ । अहिलेसम्म भाइरस संक्रमणबाट मृत्यु हुनेका संख्या १७ हजार १ सय २७ पुगेको छ भने २४ हजार ३ सय ९२ जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् ।

उपचारमा रहेका संक्रमित मध्ये ३ हजार ७ सय २७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनमा ८१ हजार ७ सय ४० जनामा संक्रमण देखिएकोमा ७७ हजार १ सय ६७ जना उपचारपछि पूर्ण स्वस्थ भइ घर फर्किएका छन् ।

३३ हजार ३ सय ३१ जनाले ज्यान गुमाएको चीनमा २ सय ११ जना अझै गम्भीर अवस्थामा रहेको जनाइएको छ ।

वि.सं.२०७६ चैत २६ बुधवार ०८:०६ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...