back
NMB ad

सरकारको अभियानलाई सहयोग गर्न राजनीतिक दलहरुलाई मुख्यमन्त्री राईको आग्रह

Kumari bank ad

विराटनगर । प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले सामाजिक संघ संस्थाहरुले गरिरहेको राहात वितरणलाई व्यवस्थित गर्ने सरकारको अभियानलाई सहयोग गर्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ ।

बुधबार राजनीतिक दलको संयत्रले तयार पारेको अनुगमनको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री राईले राजनीतिक दलले आफ्नो संयत्र मार्फत स्थानीय तहसम्म सहजीकरण गर्दा राहत वितरणमा सहयोग पुग्ने बताउनुभयो ।

नेपाल सरकारको निर्देशिका अनुसार स्थानीय तहले संयत्र बनाएर एकद्वारबाट राहत वितरण गर्नुपर्ने भएपनि विभिन्न समाजिक संघ संस्थाले वितरण गर्नेक्रम नरोकिएपछि मुख्यमन्त्री राईले दलहरुलाई सो आग्रह गर्नुभएको हो ।

कोरोना भाइसरको सक्रमण हुन नदिन सरकारले गरेको लकडाउनले विपन्न तथा दैनिक ज्यालादारी मजदुरलाई परेको समस्या समाधानका लागि सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गरिरहेको र त्यसैलाई व्यवस्थित बनाउन दलहरुको पनि सहयोग आवश्यक रहेको उहाँको भनाइ छ ।

कोरोना महामारी विरुद्धको अभियान सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था र नागरिक एकजुट भएर अगाडि बढेमात्र सफल हुने बताउँदै संकटका वेला सबै एक हुनुपर्ने बताउनु भयो ।

राजनीतिक दलका नेताहरुले कोरोनाको संक्रमण रोकथामका लागि प्रदेश सरकारले गरेका कार्यहरु सकारात्मक रहेको भन्दै अझै यसलाई प्रभावकारी ढंगले सञ्चालनु गर्नुपर्ने बताउनुभयो ।

वि.सं.२०७६ चैत २६ बुधवार २०:३८ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...