back
NMB ad

कर्मचारीलाई आयो यस्तो निर्देशन, ‘लकडाउन’को अवधिमा घरमै बसेर के-के गर्नुपर्ने ?

Kumari bank ad

काठमाडौं । सरकारले ‘लकडाउन’को अवधिमा घरमै बसेका सरकारी कर्मचारीलाई १० बुँदे निर्देशन दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै राष्ट्रसेवक कर्मचारीका नाममा निर्देशन दिएको हो ।

निर्देशनमा आफूभन्दा एक तहमाथिको कर्मचारीसँग नियमित सम्पर्कमा रहन, टेलिफोन तथा इन्टरनेटसँग सम्बन्धित सूचना प्रविधिका साधनहरू प्रयोग गरी घरमै बसेर गर्न सकिने कार्यहरू कार्यालय प्रमुख तथा सुपरिवेक्षकसँग समन्वय गरी सम्पन्न गर्न, भनिएको छ ।

कोभिड १९ बाट सुरक्षित रहने तथा आफ्नो परिवारका सदस्य र आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरूलाई नेपाल सरकारले दिएका निर्देशनको पूर्ण पालना गर्न सहयोग र सहजीकरण गर्न निर्देशन दिइएको छ ।

त्यस्तै आफू बसेको ठाउँ वरिपरि ‘लकडाउन’ सुरु भएको मितिपछि कोभिड १९ बाट प्रभावित ठाउँबाट आएका व्यक्ति अनावश्यक रूपमा घुमफिर गरेको पाइएमा तिनलाई क्वरेण्टीनमा बस्न अनुरोध गर्ने र त्यसरी अनुरोध गर्दा पनि बाहिर हिँडडुल गरेको पाइएमा सम्बन्धित वडा कार्यालयमा जानकारी गराउन भनिएको छ ।

साथै सरकारी निकाय तथा पालिकाबाट सञ्चालन गरिएका लगत सङ्कलन, राहत वितरण जस्ता कार्यमा सहयोग र्पुयाउन, दैनिक उपभोगका वस्तुहरूको मूल्य अस्वाभाविक रूपमा बढेको पाइएमा जानकारी गराउन, अनावश्यक रूपमा कुनै पनि व्यक्तिलाई बाहिर ननिस्कन अनुरोध गर्न तथा सावधानीका उपाय सिकाउन पनि सरकारले घर बसेका कर्मचारीलाई निर्देशन दिएको छ ।

यस्तो छ १० बुँदे निर्देशन :

वि.सं.२०७६ चैत २७ बिहीवार १२:४५ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...