back
NMB ad

सर्वोच्चको निर्णय : सबै अदालत वैशाख ६ गतेसम्म बन्द गर्ने (विज्ञप्तिसहित)

Kumari bank ad

काठमाडौं । सरकारले लकडाउनको अवधि बढाएपछि देशभरका अदालतहरु पनि वैशाख ६ गतेसम्म बन्द रहने भएका छन् । शुक्रबार सर्वोच्च अदालतले विज्ञप्ति जारी गर्दै लकडाउन सकिएको ३ दिन अर्थात् चैत ६ गतेसम्म अदालत बन्द रहने जानकारी दिएको हो ।

यसअघि सरकारले पहिलो चरणमा चैत १७ गतेसम्म लकडाउन गर्ने निर्णय गर्दा सर्वोच्च अदालतले चैत २१ गतेसम्म देशैभरमा अदालत बन्द गर्ने निर्णय गरेको थियो । तर सरकारले लकडाउनको अवधि थप गरेपछि सर्वोच्च अदालतको पूर्ण वैठकले चैत २८ गतेसम्मका लागि अदालतका नियमित काम कारवाही बन्द गर्ने निर्णय गरेको थियो ।

तर चैत २४ गते बसेको मन्त्रीपरिषद् वैठकले लकडाउनको समय बढाएर चैत ३ गतेसम्म हुने निर्णय गरेपछि शुक्रबार बसेको सर्वोच्च अदालतको पूर्ण वैठकले लकडाउनको हालको अवधि अर्थात् चैत ३ गते रातिबाट त्यसको ३ दिनपछि सम्म अर्थात् चैत ६ गतेसम्म देशैभरका सबै अदालतहरु बन्द गर्ने निर्णय गरेको हो ।

लकडाउन खुलेपछि पनि अन्य व्यवस्थापकीय कामहरु मिलाउनु पर्ने भन्दै लकडाउन खुलेको ३ दिनपछिबाट मात्रै अदालतको नियमित काम कारवाही अगाडि बढ्ने सर्वोच्चको पूर्ण वैठकले निर्णय गरेको हो ।

यदि सरकारले लकडाउनको अवधि बढाएको खण्डमा त्यसै अनुरुप अदालत पनि बन्द रहने र लकडाउन खुलेको ३ दिनपछि मात्रै अदालतको नियमित काम कारवाही सुरु हुने विज्ञप्तिमा उल्लेख छ ।

अदालतले यसअघि अभियोग पत्र दर्ता, बयान, थुनछेक आदेश र म्याद थपको कार्य स्थगन र बन्द गराएकामा आजबाट भने ती कामलाई निरन्तरता दिने जनाएको छ ।

लकडाउनको समय बढ्दै गएको र अनुसन्धान सकिएर पनि अभियोग दर्ता गर्न नपाइ हिरासतमै बस्नुपर्ने बाध्यता बढेको भन्दै अदालतले अब यी कार्यलाई नियमितता दिने निर्णय गरेको हो ।

हिरासतमा रहेका व्यक्तिहरुको वैयक्तिक स्वतन्त्रता र सुरक्षित जीवनको हक हनन हुनसक्ने भन्दै आजैबाट म्याद थप गर्ने, अभियोग पत्र दर्ता गर्ने, पक्राउ परेका व्यक्तिहरको बयान लिने र थुनछेक बहस गर्ने कार्य सुरु गरिएको सर्वोच्चले जनाएको छ ।-रातोपाटी बाट

विज्ञप्ति :

 

वि.सं.२०७६ चैत २८ शुक्रवार १३:२६ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...