back
NMB ad

नयाँ कोरोना संक्रमित फेला परेन : स्वास्थ्य मन्त्रालय

Kumari bank ad

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार साँझसम्म नयाँ कोरोना संक्रमित नभेटिएको बताएको छ । शनिवार अपरान्ह पत्रकार सम्मेलन गर्दै मन्त्रालयले नयाँ कोरोना संक्रमित बिरामी नभेटिएको बताएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार शनिवार साँझसम्म गरिएका नमुना परीक्षणमा कुनै पनि नयाँ बिरामी नभेटिएको बताएका हुन् ।

हालसम्म ९ जनामा कोरोना संक्रमण भएको र एक जना निको भई घर फर्किसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शनिवारसम्म देशभर ८२ जना व्यक्ति आइसोलेसनमा रहेका छन् । जसमध्ये १५ जना काठमाडौं उपत्यका ६७ जना उपत्यकाबाहिर रहेका छन् ।

हालसम्म ४ हजार ४ सय २६ जनाको नमुना परीक्षण गरिएको र त्यो मध्ये ३ हजार ३ सय ९२ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । बिगत २४ घण्टामा ८ सय ९७ जनाको नमुना संकलन गरिएको पनि मन्त्रालयले बताएको छ ।

मुलुकभर ८ हजार ८२ जना नागरिकहरु क्वारेन्टाइमा रहेको र उनीहरुको नमुना संकलनको काम भइरहेको पनि मन्त्रालयले जनाएको छ ।
क्वारेन्टाइनमा बसेका सबैको र्या्पिड टेष्ट हुने मन्त्रालयले जनाएको छ ।

त्यसैगरी ७७ वटै जिल्लामा ¥यापिड टेस्टका लागि उपकरण र स्वास्थ्यकर्मी पठाइएको र अधिकांश जिल्लामा र्या्पिड टेष्ट सुरु भइसकेको पनि मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरुमा र्या्पिड टेष्टबाट परीक्षण सुरु भइसकेको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताए ।
काठमाडौंमा वीर अस्पतालबाट कोरोना परीक्षण सुरु भइसकेको र आइतबारबाट टेकु अस्पतालमा पनि परीक्षण सुरु हुने मन्त्रालयले जनाएको छ ।

वि.सं.२०७६ चैत २९ शनिवार १६:५८ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...